के नै हतार थियो
के नै हतार थियो मित्र उनीलाई बोलाउन
सोल्टी होटेल पुगी पुगी भोजजल पिलाउन
शुष्मा–ओली मुस्कान बोली साटासाटी गर्दा
भारत भने आतुर थियो भन्सार कर बढाउन ।
धेरै माथि
धेरै माथि पुगिसके हेर राष्ट्रवादी
छोरो पनि जन्मने भो नगरी है सादी
अग्रिम भोज खाइसके सोल्टी होटेलमा
हिरा मोती सुन खोज्दा मिल्न सक्छ चाँदी
