Skip to content

तीन मुक्तक (कोही भन्छन्)


१) कोही भन्छन्

कोही भन्छन् बुढोरुख ढल्ने भयो
कोही भन्छन् अमृतफल फल्ने भयो
कस्का भाषण पत्याउने जनता भए अलमल्ल
जस्ले धेरै भोट ल्याउँछ उस्ले अवीर दल्ने भयो

२) सपना त सपनै हो

सपना त सपनै हो विपनामा आऊ साथी
सजाउँला फूल शैया कुर्ने छैन मैले राती
आलिङ्गनको मनोरम हुने छैन क्रमभङ्ग
जो जो भए पनि राम्रो वाहुन क्षेत्री जनजाति

३) विकासको तीब्र गति

विकासको तीब्र गति
पार्नै पर्छ सके जति
आलस्यमा परे म भने
बिग्रन्छ है हाम्रो मति

Leave a Reply

Your email address will not be published. Required fields are marked *