Skip to content

केही गीत केही कविता


एकलै कोठामा बस्ता पनि
मेरो मन सिथिल भैदिन्छ
कोलाहलदेखि टाढै रहँदा पनि
कानभरि अनेक शब्द गुञ्जिदिन्छ
सुन्छु ; अनि तिनै अस्पष्ट आवाजहरू
भन्दैछन्; तँलाई कुट्छु;
भन्छन् कोही मार्छु
जुत्ताको माला लगाई दिन्छु
सुन्दैछु अझै अनेक शब्दहरू
एक दिन म पनि !
तेरा बाबुको सम्पत्ति ;
गिदी हल्लियो
जिन्दगी एक सफर
कतै रेडियो बजेको त; कतैमान्छे बाझेको
टेँ टेँ….. टुनुनु…. टुनुनु ….
अनेक आवाज सुनाउने यो बजार
म एकलै भए पनि, साथमा छ सिंगो भोजपुर
कता कता अस्पष्ट ध्वनि
घरि लताको स्वर, त घरि किशोर कुमारको
छक्क पर्दै म टोलाउन थाल्छु
उराठ लाग्दा पहाडहरू, मलाई गिज्याउन थाल्छन्
हाँसिदिन्छ सिंगो भोजपुर बजार
म झसङ्ग हुन्छु, र हेर्छु छेउको पुस्तक
मनमा आउँछ, केही गीत अनि केही कविता
म गुन्गुनाउन थाल्छु
अनि त्यही गीत, त्यही कविता
त्यही गीत अनि त्यही कविता

२०४०।१।३०।६ भोजपुर बजार

Leave a Reply

Your email address will not be published. Required fields are marked *