राति आउँछ ढुन्मुनिदै
छाती ठोकी भाषण गर्छ
गस्ती हिँड्छ; कर्फ्यु लाग्छ
जँड्याहाको मस्ती हुन्छ
सज्जन मान्छे भेट्यो भने
पुलिस दाइले छाड्ने छैन
जँड्याहालाई कहिले पनि
कुनै चिजले छेक्ने होइन
धम्कि दिन्छ, तँलाई मार्छु
भोलिदेखि बाँच्नै दिन्न
मुलबाटामा पट्टा खेल्छ
पुलिस दाइले देख्ने होइन
आफू पनि उस्तै मान्छे
आफैँ जस्तो भेटे पछि
के गर्नु र बिचरालाई
भोलि पर्सी पैँचो तिर्छ
गस्तीसँग भेट भए
मेरो हजुर बिन्ती गर्छ
अरु कोही सामु परे
काटुँ मारुँ जस्तो गर्छ
राति आउँछ ढुन्मुनिदै
छती ठोकी भाषण गर्छ
राष्ट्र थाम्ने मैहुँ भन्दै
छोरा छोरी कुट्ने गर्छ
छोरा छोरी कुट्ने गर्छ
२०५९ ।३ । ८ तुम्लिङ्टार

wow kaka good kabita , malai
wow kaka good kabita , malai maan paroo..