Skip to content


फुट्यो बाँध हरे भयो बिपती हा ! लाखौँ बिचल्नी परे
बस्नै सम्म पनि सकेन घरमा लाला र बाला मरे
बैँनी, भाइ, अरु र साथि सबकै को को कहाँ ती थिए
ज्यानै मात्र बाचाई आज सबले घर छाडी हिड्दा भए

भोकै बस्नु पर्यो कति समय हा ! उद्धार कस्ले गर्यो
कोशी को रहनै समुन्द्र सरि भो गाउँ र बस्ती भर्यो
ज्यानै मात्र बचेनि आज सबका खाना र माना भिजे
खानै सम्म पनि नभै सकल ती नाना र दाना भिजे

थोरै होस्न तथापि धान धनले सम्पूर्णथे पूर्ण थे
सारा नस्ट भयो गयो फगत यो रित्ता भए लौ गए
सारा जिन्दगीको कमाइ यसमै सम्पूर्ण त्यो नष्ट भो
गर्यौ है अहिले हे कोशी तिमिले सन्सार नै भ्रष्ट यो

कोशी आज यहाँ भयौ जगतकी भक्षी कसोरी तिमी
रैछौ है अनभिज्ञ मूर्ख यसरी हाम्रो बगायौ जिमी
तिम्रो के र बिगार् गरे मनुजले पैँचो उठायौ यहाँ
तिम्रो के त थियो बिचार मनमा बासै उठायौ जहाँ

सारा मानिसको त छैन घरबास बाबा र आमा बिनै
लखौाको यसरी भयो नि उठिबास कोशी तिमी क्रुद्ध भै
हुन्छौँ है अनभिज्ञ मुर्ख सरी छौँ जानी नजानी कुनै
देबीको र भवानीको रुप भनि गर्छौ स्तुती नित्य नै

२०६५।५।२३ ईटहरी—५ सनसरी
छन्द :- शर्दुलबिक्रिडित
गण :- म स ज स त त गु

Leave a Reply

Your email address will not be published. Required fields are marked *