पानी लगाउथेँ खेतमा कुलो सोझ्याएर
मुसो छिर्थ्यो कसै गरि दुलो सोझ्याएर
पुरानो घर थियो औधी धुवा हुने हेर
वल्ल ढुक्क भएको छ चुलो सोझ्याएर
पहिले काँ थ्यो र यार सलाइ न लाइटर
आगो बाल्थिम चकमकले झुलो सोझ्याएर
धान भर्न पाथि चल्थ्यो घिउ भर्न लाई हर्पे
साइला बाजे मासु जोख्थे तुलो सोझ्याएर
