बाउ सन्तानकै लागि कमाउँछ र थुपार्छ
छोरो बढेर ठुलो भई घर बाहिर लघार्छ
अरे कता जाँदैछ हो साथी यो हाम्रो समाज
माथि चढेपछि पिँढी सिढीलाई दुत्कार्छ
अचेल समय फेरियो पोथी परदेश जान्छन
भाले अण्डा काढ्छ र प्यारले आफै ओथार्छ
आऊ मैदानमा बुढा हो युवा लड्न तयार छ
कि उत्ताने पल्टेला कि तिमीलाई पछार्छ
गजब को संयोग छ हेर्नुस मेरो देशमा
कर्मचारी घुस खान्छ र सरकार कुरा दोचार्छ
तोयानाथ पौडेल
मरुभूमिको छातीबाट
