मेरो डायरी को पुर्ण रुप

क्याम्पसबाट निस्किनासाथ उकालो बाटो । बिहानको कलेज सकेर निस्कदा उसै त भोकले लखतरान भइन्छ त्यहा माथि जेस्ठको दिन । धनकुटामा माटो नै बल्ला झै घाम लागेको छ । एउटा झोलामा केही किताब र कपि छन म सधै झै हतार हतार गेट बाहिर निस्किएर हाईवे क्रस गर्छु र सिँढी चढ्न थाल्छु।

बिचतिर पुग्दा एक कलेज ड्रेस लाएकी केटी बसिरहेकी हुन्छिन । म अचम्ममा पर्छु त्यो साँघुरो गल्लीमा उनी किन बसेकी होलिन मनमा प्रश्न उब्जिन्छ । मैले सोधेँ के भयो मिस किन बिच बाटोमा बस्नुभयो ?

कि आपत परेर हो मैले जिस्क्याउन खोजेँ। उनी बोलिनन् पुलुक्क मेरो मुखमा हेरीन र मलाई बाटो छोडिदिइन । मेरो कौतुहलता मेटिएन फेरि सोधेँ कि डेटको लागि कसैलाई पर्खिएको हो ? म पनि खालि नै छु है फेरि जिस्क्याएँ । उनी हेर्दा मभन्दा जुनियर देखिन्थिन त्यसैले मैले तिमी नै भनेको थिएँ ।

उनी अँझै बोलिनन् । अब मेरो कौतुहलता झन बढ्यो म उनीसँगै सिढिमा बसेँ । उनलाई लागेछ मलाई केही गरेर धपाउन नसकीने भयो । र अन्त्यमा भनिन चप्पल चुडियो ..। म एक हलको मेलो हाँसेँ । अनि के बाटोमा बसेकी त यहाँ बसेर आउछ चप्पल ? ‘हैन तपाई गएपछि पछाडि जान भनेर पर्खेकी ‘ म यस्ता अभाव र अफ्ट्याराहरू बच्चै देखि सामना गर्दै आएको मलाई कसैको छिनेको चप्पल देखेर घृणा लाग्दैन र उपहास पनि निस्कदैन । उनी एउटा हात र एउटा खुट्टामा चप्पल लिएर मेरो पछि पछि आइन । उनको कोठा पनि देब्रेबास नै रहेछ झण्डै आधाघण्टा हिड्नु पर्ने थियो । मैले भने मास्तिर किराना छ चप्पल किनेर लगाउ । सिढी सकिना साथ किराना पसल थियो र किरानामा चप्पल जुत्ता पनि राखेको थियो, तर उनसँग पैसा पनिरहेनछ । विद्यार्थी जो परियो तैपनि म चाहि घरमा खर्चका वाईयात शिर्षकहरू सुनाएर भए पनि केही पैसाको जोहो राख्ने गर्थेँ पर्समा । उनले सस्तो खाले हिरो चप्पल किनिन ६० रुपैयाको । उनी लज्जित देखिन्थिन मैले साफ भन्दिएँ मलाई पैसा फर्काउनु पर्छ है । हामीसँगै गयौ । उनी भोजपुर पात्लेपानी कि नयाँ विद्यार्थीरहिछन । नाम पनि भनिन इन्दिरा लोकसेवासम्मसँगै गयौ । मेरो तल्तिर अधिकारी टोल उनको अलि पर्तिर अमला टार ।

फेरि हाम्रो भेट भएन ।

उनी आई ए प्रथम वर्ष कि छात्रा म स्नातक दोस्रो वर्षको उनको कहिले छुट्टी हुन्थ्यो, मेरो कहिले हामी निकै समय भेट भएनौ । करिब श्रावणको अन्त्यतिर हुनुपर्छ बर्खा मास भएकोले सिम सिम पानी परिरहेको थियो म कलेज जादैँ थिएँ भिमनारायण चोक मास्तिर उनी फर्किएर भाचिएको छाता बनाउदै घरको कौसीमा ओत लागिरहेकी रहिछन मैले चिनिहालेँ । म हाँसेँ उनी पनि हाँसिन् ।

“के हो तिमीलाई सधैँ समस्या मात्र पर्छ कि क्याहो ?”

”हेर्नु न हावाले छाता भाचियो कसरी कलेज जाने ?”

“हिड मसँगै म पुर्याइदिन्छु,” उनी बिग्रिएको छाता सम्हाल्दै मेरो छातामा घुस्रिइन । अलि तल मन्दिर छेउमा छाता बनाउने ठाउँ थियो छाता बनाउन दियौँ र कलेज गयौँ । बाटामा ”दाइको पैसा दिनु थियो, आज पनि पैसै छैन” भनिन्, मैले ठिकै छ भने ।

फेरि सोचेँ ।

”छाता बनाउनु दिएको छ पैसा छैन भने कसरी लान्छौ त ?”

हामी एउटै छाता भित्र थियौ मैले त्यसोभन्दा पुलुक्क मेरो मुखमा हेरेर मुस्कुराइन मात्र । मलाई एउटा अनौठो उर्जा प्राप्त भएको महशुस भयो । हरेक बिपरित लिँगीमा आकर्षण हुनु कुनै नौलो कुरै भएन ।

”मेरो छाता छैन फर्किदासँगै जौ न है सर म पासाङ ल्हामु हल बाहिर पर्खिन्छु,” मैले हल्कै ल भन्दिएँ ।

आज शरिर स्फुर्त भएको थियो । कलेजका हरेक पिरियडहरू भयाङ्कर लामा जस्ता भएका थिए अन्तिम पिरियड जोग्राफी .. सबैभन्दा अल्छी लाग्ने विषय नै त्यै थियो । कलेजको चार वर्षमा त्यो दिनको जोग्राफि पिरियड जसरी गार्हो र लामो मलाई कहिले पनि लागेको थिएन ।पछाडिको ढोकाको छेउमा थिएँ सर सँगसँगै क्लासबाट बाहिर निस्किएँ । र सरभन्दा अघि अघि माथ्लो हलतिर लागेँ । उनी मलाई पर्खेर बसिरहेकिरहिछन पानी बिहान कोभन्दा ठुलो परिरहेको थियो । हामी फेरि एउटै छाता ओढेर उकालो लाग्यौ । मेरो दाँया पट्टी उनी थिइन म आफैलाई भिजाएर उनलाई ओताउने प्रयास गरिरहेको थिएँ । उनको सामिप्यतामा म मेरो पूर्णता देखिरहेको थिएँ ।

छाता बनाएर तयार रहेछ पच्चीस रुपियाँ तिरेँ मैले । उनले हिसाब सुनाइन, ःतपाईको पचासी भयो है ।”

मैले अँ भन्दै हाँसेँ ।

खासमा बाटो सन्नाटामा काटिरहेका थियौ । के बोल्ने भनेर शब्द नै निस्किरहेको थिएन यति धेरै घबराहट जीवनमा पहिलो चोटी भएको महशुस गरेँ मैले ।

”किन नबोल्नुभएको ? के सोचिरहनु भएको ?”

“तिम्रो छाता भोलि नि बिग्रिए हुन्थ्यो भनेर सोच्दैछु ।”

उनी अट्टाहासले हाँसिन् । सिल्ली हुनुहुदो रहेछ भनिन् ।

यतिबेलासम्म मेरो नाम थाहा थिएन उनलाई ।

हामी सल्लेरीको रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र छेउबाट माथि चढ्दैथ्यौँ ।

मैले घडी हेर्दै भने ”सँगम रेकर्डिङ हुने समय भएछमा जौ आज एउटा कविता बाचन गर्नु पर्यो ”

”कविता लेख्नुहुन्छ ?”

“अँ कहिलेकाहीँ ।”

“सुनाउनु न त !”

“भित्र सुनाउँछु ।”

हामी भित्र छिर्यौ सँगम रेकर्डीङ सुरूभयो मैले मेरो परिचय ठेगाना सहित एउटा कविता बाचन गरेँ । उनले सँगममा मेरा कविताहरू पहिले पनि सुनेकी रहिछन । तर मलाई चिनेकी रहिनछन ।

”तपाई त ‘छुपा रुस्तम’ पो हुनुहुदो रहेछ । कति सुन्थे तपाईका गजल र कविताहरू अँ साँची अस्ति बुधबारको गीतिकथा ‘रुपा’ तपाईले नै लेख्नुभएको पो रहेछ त ?”

“अँ हो पहिलो प्रयास त्यति राम्रो थिएन ।”

”अनि ‘रुपा’ चाहि को नि ?”

“कथाकी पात्र,” मैले सस्तो उत्तर दिएँ । उनले मेरो आँखामा हेरिन् । सायद मेरो सत्यता परिक्षण गरेको होला ।

मैले पुन थपेँ, “कथा हो कथा । अब सबै कथाका चरित्र आफ्नै जीवनसँग मेल खान्छन त ?”

“खादैनन् ।”

“अनि के त ?”

उनले ढुक्कको श्वास फेरीन, गफै गफमा छुट्टीने ठाउँ आईपुगियो आज २ बजेसम्म पनि भोकको महशुस भएन । हामी कोठातिर लाग्यौं ।

शनिबार दिनभर छुट्टी भए पनि आईतबार बिहान कलेज जानको लागि केही तयारी नगरी दिन बित्थ्यो । बिहान हस्याङ फस्याङ उठेर आँखा मिच्दै र आवश्यक सामाग्री खोज्दै कलेज दगुर्नु पर्थ्यो, अक्सर कलम बोक्न म जहिल्यै बिर्सिन्थेँ । र इन्दीराले जहिल्यै मेरै लागि एउटा एक्स्ट्रा पेन बोक्न थालेकी थिइन । हामी प्राय छुट्टी तमोरमा बिताउथ्यौ । चुलीबन अली छाडा थियो ।

हामीले सँबन्धलाई यौन मात्र हो भन्ने बुझेनौँ । एकपटक चुलीबन पनि गएका थियौ । तर हामीलाई लाग्यो त्यो ठाउँ जवानीले उन्मत्तहरूको भारी बिसाउने चौतारिरहेछ । उनले नै त्यो ठाउ उपयुक्त नहुने निर्क्यौल निकालेकी थिइन ।

सल्लेरीको महेन्द्र पार्कलाई हामीले निजीकरण नै गरेका थियौ । भनौ न त्याहाका बादरले पनि हामीलाई चिन्थे । अलि माथि नेपाल आर्मीको २ नम्बर बाहीनी अन्तर्गतको कृष्णदलगण थियो । पोस्टमा सेन्ट्री बस्ने दाइ पनि हामी त्यो पार्कमा पुग्दा माथिबाट हात उठाउथे । चौताराको अगाडि एउटा सुक्नै लागेको सल्लाको रुख थियो । हामी त्यसलाई हेरेर जीवनको ब्याख्या गर्थ्यौ । त्यै सल्लो जसलाई जवान हुन्जेल टिन घोपेर खोटो (चोप) निकालिन्छ सबैले कति सुन्दर भन्दै सुमसुम्याउछन । जब चोप निस्कन छोड्छ कसैको नजर त्यसमा पर्दैन । पूर्ण रुपमा सुकेर नढलुन्जेल दाउरा बाल्न पनि निषेध हुन्छ । दसकौँसम्म जिङ्राएर आफ्नो बुढ्यौली प्रष्ट्याउछ र एक दिन डङ्रङ् लड्छ जमिनमा । त्यति बेला मानीशहरू डोको बन्चरो र आरा बोकेर तँछाड मछाड गर्दे पुग्छन कोही हाँगा बटुल्छन कोही झिक्रा सोहोर्छन त कोही काठ काट्न मुढा पल्टाउछन । मानिश पनि ठिक त्यस्तै हो बुढेसकाल लागेपछि मानिसको पनि हाल उस्तै हुन्छ । जब ढल्छ मानीश उसले जीवन भर कमाएको चिजलाई तँछाड मछाड गर्दै लुछाचुडी हुन्छ ।

मैले यो दर्शन सुनाउदा उनको एक लट आँसु झर्थ्यो । सल्लाको पात बटार्दै आँखाले एक टक मलाई हेर्थिन । अनुहार निन्याउरो बनाएर बिस्तारो सुक्क सुक्क गर्थिन् र कम्पित स्वरमा भन्थिन्, “हा.. हामी त बुढो हुन्जेल बाँच्नु हुदैन ।”

म फेरि सम्जाँउथेँ लाटी त्यस्तो हैन । हामीले हाम्रो बुवा आमालाई भरपुर सेवा गर्यौ भने हामीले पनि सुखद उत्तरार्ध बिताउन पाउछौ ।

“अँ त्यो त हो,” उनी विश्वस्त हुन्थिन ।

घर उनको पनि टाढा मेरो पन टाढा हामीलाई समाजको डर थिएन कोही चिनेजानेका पनि हत्तपत्त भेटिदैनथे । मानौ हामी स्वतन्त्र पंछी हौ जता बेग हाने पनि खुला आकाश ।
अक्सर उनीसँग पैसा हुदैनथ्यो । र उनका ससाना आवस्कता म पुरा गरिदिन्थेँ ।

जसको फलस्वरुप मेरो खर्च स्वभाविकभन्दा बढेको थ्यो । घरबाट पनि बुबाले बेला बेला सँझाउनु हुन्थ्यो खर्च कन्ट्रोल गर्न भनेर । उनी आफ्नो परिवारको दर्दनाक कहानी सुनाउथिन । एउटा निम्न बर्गको परिवारमा सात सन्तानको जन्म हुनु र पर्याप्त जमिन अभावमा खान लाउनकै समस्या हुनुले मलाई उनी प्रति औधी सहानुभूति हुन्थ्यो । काम गर्दै पढ्दै गर्ने अभिलाषाले उनलाई धनकुटासम्म डोर्याएको थियो । तर धनकुटा यस्तो सहर हो जहाँ सामान्य कामहरूको अवसर धेरै कम छ उध्योग धन्दा र कलकारखानाभन्दा सरकारी कार्यलय र स्कुल कलेजले चलेको छ धनकुटा ।

समयको रफ्तार आफ्नै हुन्छ न रोकिन्छ न दौडिन्छ । हरेक दिन पछिका रातले यै प्रमाणित गर्छ कि समय घुमिरहन्छ । आयुले यै प्रमाणित गर्छ कि समय अबिराम छ । उनका आवश्यकता दिनानु दिन बढ्न थालेका थिए । र म पुरागर्न असमर्थ हुन थालेको थिएँ ।

उनी मलाई हरेक ठाउमा पैसा तिर्नु मेरो कर्तव्य सँझन थालिन । मलाई यो कुराले अलि डिसअप्वाइन्टेड महसुस हुन्थ्यो । एकदिन कलेजबाट फर्किदा बाटोको फेन्सि पसलमा केही किन्नु छ भनिन र हामी छिर्यौ । उनी महँगो बडि स्प्रे हेर्दैथिइन । मैले वास्ता गरिदिइन । मैले सिधा भनिदिएँ मसँग पैसा छैन तिमीसँग छ भने किन । उनी रिसाइन तर केही भन्न सकिनन । हामी नबोली पुरै बाटो काट्यौ । र बाई नभनी चौताराबाट छुट्टिएर आआफ्नो कोठातिर लाग्यौ ।

बिचमा धेरै कुरा मनमा खेले । बिहान साबिक अनुसार नै म कलेज गएँ र चौतारामा पर्खिएँ उनी आइनन् सात बज्यो, आठ बज्यो कलेज ढिलो भयो तर उनी आइनन् । म अन्तिम पिरियड भए पनि पढ्ने उद्धेश्यले कलेज गएँ । तर उनी त मभन्दा अगाडि नै कलेज गइसकेकिरहिछन । हल बाहिर बसिरहेकी उनले मलाई देखेर अर्को पट्टी फर्कीइन । मैले पनि बोलाउने हिम्मत गरिन् ।
करिब हप्ता दिन हाम्रो असमञ्जस्यता मा बित्यो । भेट नै भएन । भैहाले पनि बोलचाल भएन । म उनलाई चोखो प्रेम गर्थेँ उनका हरेक ईच्छा पुर्याउन सकुँ भन्ने मेरो अभिप्राय हुन्थ्यो । म उनिसँग प्रष्ट कुरा राख्न चाहान्थेँ तर उनले त्यो मौका नै दिईनन्।
आईतबार कलेज मा कुनै समुहले सँस्कृतिक कार्यक्रम गरेको थियो । मेरो पटक्कै मुड थिएन तै पनि साथिहरुले एउटा कबिता राख्न कर गरे । म मञ्च मा गएँ र दर्सक पट्टी गौर गरेँ । तर उनलाई कतै देखिन मैले बाचनको लागी भनेर अर्कै चेतनामुलक जनबादी कबिता तयार पारेको थिएँ तर अचानक मलाई दुईदिन अगाडी सरश्वती चोक मा बस पर्खिदा लेखेको कोरा कबिता याद आयो । फटाफट डायरी निकालेर आयोजक लाई नसोधी मैले त्यै कबिता बाचन गरेँ
..
(((((‘उ’ जस्ता लाग्ने उनिहरु
आए र गए,
यतिबेला त गन्तब्य पनि पुगे होलान्
तर म यथास्थान मा छु
केही बिते जस्तै गरेर हुईकिएका सबारी
बोल्ने फुर्सद नभएका मानीश हरु..
कसैलाई कसैको वास्ता छैन यहाँ
मैले झैँ ‘उ’ खोजेर कोही
समिपै उभिएको भए पनि
उस्ले मलाई चिन्दैन म उसलाई चिन्दिन
टाढा बाट हेर्दा
आईरहेको धमिलो प्रतिबिम्ब ‘उ’ जस्तै लाग्छ
नजिकिदै जाँदा कद मिल्दैन
अनुहार मिल्दैन
कपाल अलि लामो वा छोटो हुन्छ
आखिर त्यो ‘उ’ हुदैन
घण्टौ भयो उभिएको मैले हार मानेको छैन
वरिपरीका मानीश मलाई हेरेर मुखामुख गर्न थालिसके
आशा पालेर मन मा
सँभाबनाका आँखा हरु बिछ्याई रहेछु
र शसँकित पनि छु
मैले भिडमा खोजेको अनुहार
कतै मेरो आँखै सामु त छैन ?)))
——————-
कबिता निकै लामो थियो तर बाचन गर्दै जाँदा भिडमा उनलाई देखेँ । उनि मलाई नै एक टक ले हेरी रहेकी थिईन । कबिता बाचन गर्ने मेरो केही सहास पनि उनलाई देख्ना साथ सिथिल भयो । त्यसैले अन्तीम अनुच्छेद लेखिएको थिएन तर मुखैले भनेर म स्टेज बाट बाहिरिएँ । मलाई अत्यन्तै असहज भएको जस्तो लाग्यो । म सरासरी कोठा आएँ ।
त्यतिबेला धनकुटामा एफएम स्टेसन थिएन । कान्तिपुर एफएम सुन्न त सकिन्थ्यो तर अलि हाम्रो पहुँच बाहिर को जस्तो लाग्थ्यो हामिलाई । गाउ गाउमा गुञ्जिने भनेको रेडियो नेपाल नै थियो ।
बिहानको खाना खाएँ र पल्टिएँ
रेडियो नेपालमा ‘श्रोता फोनिङ’ बजिरहेको थियो
कसैले नारायण गोपाल को
‘ मान्छेको मायाँ यहाँ खोलाको पानि जस्तै
किनारालाई छोई भाग्ने खहरेको बानी जस्तै …”
बोलको गित अनुरोध गर्यो
म त्यो गित सकिदा निकै भाबुक बनेछु , र आखा रसाएछन ।
ठिक त्यतिनै बेला ढोका मा कसैले ढक ढक गरिरहेको सुने
… उनि किँकर्तब्यबिमुढ ढोकामा उभिएकी थिईन म असमञ्जस्यता मा केही बेर अल्मलिएँ ।
ईन्दिरा…. आउ न भित्रै आउ ..
उनि बोलिनन् सरासर भित्र आईन र उभिईन
बस न भन्दै बेड देखाएर म अलि माथि सरेँ ।
एउटा कोठा थियो जहाँ चुलो त्यही थियो जुठेल्नो त्यही थियो ड्रेसिङ रुम देखी लाईब्रेरी सम्म मेरो त्यहीँ थियो । भनौ मैले त्यो कोठामा घर अटाएको थिएँ ।
मेरो कोठामा कुर्सी थिएन , एक्लो मान्छे सबै सरसामान आ आफ्नै ताल मा थिए । भर्खर खाना खाएको जुठो थाल र खोर्सानिको भेट्नो अनि एउटा अमलाको अचारको गेडो तिर उनको नजर परे झै लाग्यो कपडा पनि असरल्ल छरिएका थिए । कोर्स बाहिरका उपन्यास खाटमा चाङ थिए । मलाइ सारै असहज लाग्यो ।
उनि बोलेकी छैनन् । आखा घुमाउदै उनको नजर टेबुल को चुरोट को डब्बा मा पर्यो ।
” मेरो हैन दिबस को हो ” मैले हतार हतार भनेको सुनेर
उनि फिस्स हाँसीन ।
‘तपाईलाई ढाट्न पनि आउदो रहेनछ’
” ढाट्ने अभ्यास छैन नि त”
उनि फेरी हासिन मात्र ।
उनी म सँग माफ माग्न आएकि रे खुलेर माफ मागिन –
“मैले तपाईलाई एक प्रेमी मात्र हैन त्यो भन्दा बढि सोच्न थालेकि रहिछु । र तपाईमाथि मेरो अधिकार छ जस्तो सोच्न थालेकी रहिछु । त्यसैले तपाई लाई घुर्क्याउनु मा मलाई आनन्द आउन थालेको थियो । मेरा हरेक आवस्यकता को तपाई सहज परिपुर्ती गरिदिनु हुन्थ्यो । कल्हिल्यै मेरो अनुरोध ईन्कार गर्नु भएन त्यसैले मैले जे भने पनि तपाईले पुरा गरिदिनु हुन्छ भन्ने ओभर कन्फिडेन्ट ले हाम्रो सँबन्ध मा फाटो ल्यायो……. । ”
त्यस्तै त्यस्तै औपचारीक शब्द हरु ..
”ढिलै भए पनि तिमिलाई तिम्रो गल्ति महशुस भएछ । खुसि लाग्यो । तर थाहा छ तिमिलाई- यि बिचका दिन मैले कसरी गुजारेँ भनेर ? भिलेर पनि यस्तो मजाक नगर म सँग । ”
आखिर फेरी एक भयौ ।
उनी एक्लै बस्थिन म पनि एक्लै । हामि सँगै बसौ भनेर उनले नै प्रस्ताब गरिन
अहिले बसिरहेको घरमा त सब लाई थाहा थियो म अबिबाहीत भनेर हामीले माथ्लो कोप्चे मा नयाँ कोठा खोज्यौ । र हामी सँगै बस्न थाल्यौ ।
कलेज जाने एउटै समय भएको ले प्राय बाथरुम को लागी एकजना पर्खिनु पर्ने बाध्यता थियो । उनी गईन भने म चिया पकाउथेँ । म गएँ भने उनी चिया बनाउथिन । हामी मा एकाएक असाध्यै समाझदारीता बढेको थियो तर सहनसिलता चाही अलि कम थियो ।सानो सानो कुरा ले उनि रिसाउथिन र म झपार्थेँ । केहि घण्टा बोलचाल बन्द हुन्थ्यो ।
उनि बेलुकी पढाईलाई निकै प्रथमिकता दिन्थिन । तर दिउसो कलेज बाट फर्के पछि खाना खाएर उनि सँधै बाहिर निस्किन्थिन । मलाई साथिको पार्लर मा ट्रेनिङ गर्न जान्छु भन्थिन ।
सँगै कलेज जान्थ्यौ फर्किदा म सँधै पहिला नै आउथेँ । म उनलाइ पर्खिन उचित ठान्दैनथेँ किन कि रुम आएर खाना बनाउनु पर्थ्यो ।

हामी सँगै बस्न थाले पछि त्यती मायाँ पिरतीका कुरा गर्दैनथ्यौ । दाल चामल नुन बेसार आदी को जोहो र पढाई ले गर्दा हामी आपसमा अलि फरक ब्यबहार देखाउन थालेका थियौ । सबै काम हतार हतार मा भ्याएर फुत्त डेटिङमा गएजस्तो सजिलो भएन सँगै बसेपछी । हरेक चिज को महत्व अभाब मा मात्र खड्किने ध्रुबसत्य बाट हामि अछुतो रहेनौँ । आपसमा झगडा नहोस भनेर हामी झुटको सहारा लिन्थ्यौ । साँचो बोल्दा के? किन? कसरी? जस्तो स्पस्टीकरण दिनुपर्ने भय ले म पनि कयौ पटक झुट बोल्न थालेको थिएँ ।
तर जब झुटको पर्दाफास हुन्थ्यो हामि बिच ठुलै झगडा हुन्थ्यो ।

उनि यो डाईलग बार बार दोर्याउथिन “तिमी पहिलेको तोया रहेनौ ” म पनि
मेरो रेडिमेड जबाफ फर्काउथेँ ‘ तिमि पनि त्यो ईन्दिरा रहिनौ जस्लाई म
मलाई भन्दा बढि मायाँ गर्थेँ । ”
दरार हरु क्रमस बढ्दै गए आपसमा तिक्तता कम हुनुको साटो झन गुणात्मक बृद्धी भै रहेको थियो ।
धेरै साथी हरु ले प्रेम बिहे गरेका थिए । तर प्राय सबैको असफल जस्तै देख्दथेँ म । बिबाह पुर्ब अगाध मायाँ गर्ने हरु बिबाह पश्चात एकाएक ३६ को आँकडा देखाएको मेरै आँखाले देखेको थिएँ । बास्तब्मा जुनि काट्नु र प्रेम गर्नु अली फरक कुरा नै रहेछन । एउटै छत मुनि बसेर सँधै प्रेमलाप गर्न सकिदो रहेनछ ।
यो लिभिङ टुगेदर ले मलाई अर्को शिक्षा पनि दिएको थियो त्यो हो
..There should have common interests and feeling between the partners. There is a room for compromise to each other. But it has its limitation too. You can’t surrender everything,giving up your own interests and feeling for pleasing your life partners every single time–that doesn’t work ….
अर्थात
जिबन साथी बनाउन धेरै इच्छा आकाँक्षा हरु चाही मिल्दा जुल्दा हुनुपर्दो रहेछ । केहि रहर हरु मात्र सँझौता गर्न सकिदो रहेछ । तर सबै ईच्छा आकाँक्षा हरु मा सँझौता गरेर जिबनको रथ अगाडी बढाउन सकिदो रहेनछ । र सँधै भरी सबै ठाउमा त्याग गर्न कदापि सकिदो रहेनछ ।
हामी आपसमा बोझ बन्न थालेका थियौ साना साना कुराले बिबाद चुलिन्थ्यो ।

एक दिन सुक्रबार को दिन थियो बिहान कलेज जाँदा म पहिले गएको थिएँ ढोकाको चाबी कोठाभित्रै छुटेछ । बिहानको खाना बनाउने काम सँधै मेरै थियो उनि बेलुका बनाउथिन कलेज बाट फर्किदा मात्रै मैले चाबि भित्र छेडिएको थाहा पाएँ । उनलाई फोन गरेको रिसीभ भएन साईलेन्स थियो होला । म पर्खिएर बसेँ । उनि १ बजे तिर भोक ले लखतरान भएर आईन म पनि भोक ले ओठ मुख सुकाएर बसि रहेको थिएँ । म ढोका नखोली बसेको देखे पछि उनि रिसले आगो भईन । कोठा भित्र गए पछि बिबाद सुरु भयो । एक.. दुई… तिन…. हुदै यसले बिकराल झगडाको रुप लियो । ईतिहास केलाएर भएका स साना गल्ति हरु उजागर गरिए । आपसमा दोशारोपण गरिए ।
करिब एक घण्टा भोको पेट मा कलेज ड्रेस नै नखोली बादबिबाद गरे पछि म बाहिर निस्केर सरासर होटल गएँ र खाना खाएँ अनि होटल नजिकैको साथि बिराज को डेरा तिर गएँ ।म सारै अपसेट भएको थिएँ । डिप्लोमा पहिलो बर्ष को रिजल्ट त्यहि दिन आएको थियो । बिराज पनि फेल भएको ले त्यस्तै चिन्तामा रहेछ ।
दुबै ले प्लान बनायौ
जिल्ला अस्पताल अगाडी एउटा सानो नयाँ होटल खुलेको थियो ।
सेट र बियर सँगै बिराज र म धेरै बेर बस्यौ । सबै दुख सुख र हामी बिच का असहजता हरु सेयर गर्दै बस्यौ । रात निकै हुदा कोठा पुगियो । ढोका ढक्ढक्याएँ ढोका खुल्यो बिजुली रहेनछ । सादा मोबाईलको स्कृन को उज्यालो ले ब्रस मा पेस्ट लगाएँ र बाथरुम छिरेँ । मलाई कुनै बहस गर्न मन लागेन किन कि म आबेस मा आउन सक्थेँ र अप्रिय घटना घट्न सक्थ्यो । बिहान उठेर कुरा गर्छु भन्ने सोचेर म चुपचाप सुतेँ । सनिबार उसै पनि कलेज जानु नपर्ने दिन फेरी बेलुकिको ह्याङ ओभर ले अबेर मात्र निन्द्रा खुल्यो । उठेर यसो हेरेको म त हेरेको हेर्यै भएँ । कोठामा पुरै सन्नाटा थियो । उनको सामान कोठामा केही थिएन । उनको भन्नु केही काम नलाग्ने पुराना कपडा तथा फुटेका चुराका टुक्रा हरु मात्र देखिदैथे । ढोकामा टाँसिएको दुईजनाको तस्बिर मध्य उनको तस्बिर थिएन । जहाँ मार्कर ले लेखिएको थियो ”हाम्रो सँबन्ध आज देखी सकियो” । मलाई सपना हो कि बिपना छुट्यान मुस्किल परिरहेको थियो ।
त्यो आखीर तितो सत्य थियो उनी मलाई छोडेर गई सकेकी थिईन ।
सहास बटुलेर उठेँ टाउको दुखेर हलचल गर्न नहुने भएको रहेछ । मेरा सामान हरु सबै छरपष्ट थिए ।
बिस्तारै सामान मिलाउन थालेँ
उसका काम नलाग्ने चिज सफा गर्दै डस्टबिन मा हाल्न थालेँ । खाट मुनि रहेको चुडिएको चप्पल ले मलाई त्यो सिढी याद दिलायो । जहाँ हाम्रो पहिलो भेट भएको थियो । म पुरै flashback मा फर्किएँ र भुईमा थचक्क बसेँ
यसरी अन्ततोगत्वा
चुडिएको चप्पल बाट सुरु भएको कहानी चुडिएकै चप्पल बाट अन्त भयो

समाप्त …

तोयानाथ पौडेल
सँखुवासभा
हाल मरुभुमिको छाती बाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “मेरो डायरी को पुर्ण रुप”

    1. तोयानाथ पौडेल

      आभार !
      आभारी रहेँ सर पढेर प्रतीकृया दिनु भएको मा !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *