किन मिल्थ्यो मन सबैको आक्रोस आफ्नो आफ्नो
गुण आफ्ना जस आफ्ना र दोश आफ्नो आफ्नो
कोही भन्छन पहिचान कसैलाई छुट्टै राज्य
म त परेँ श्रमजिबी सन्तोश आफ्नो आफ्नो
मगरले मगरातै लिम्बु लिम्बुवान् भन्छन्
जातै पिच्छे राज्य रे उद्घोस आफ्नो आफ्नो
आफु खुसी ब्याख्या गर्छन अन्जान कोहि छैन
‘फरक् अर्थ लाग्यो’भन्दा शब्दकोश आफ्नो आफ्नो
सक्ने ले त लडाई गर्लान नसक्नेले हेर्लान
सबै चुप मरे पछि जोश आफ्नो आफ्नो
तोयानाथ पौडेल
सँखुवासभा
हाल मरुभुमिको छाती बाट
