ढोके हुँ म बार्ह घण्टा गेटमा बस्नु पर्छ
लुकी लुकी आँखा छली नेटमा बस्नु पर्छ
डकार मार्दै बाहिरिन्छन नचिनेका मान्छे
थुक निल्दै आफू आधा पेटमा बस्नु पर्छ
नरिसाउ फोनमा बोल्ने फुर्सद मिल्या छैन
लामो कुरा कानी गर्दै भेटमा बस्नु पर्छ
साथीभाइ सोच्दा होलान आईफोन बोक्छ भनी
आफू भने नोकिया को सेटमा बस्नु पर्छ
तोयानाथ पौडेल
सँखुवासभा
हाल- मरुभूमिको छातीबाट
