आज पनि कलेज जान झण्डै ढिला भै सकेछ । गर्मि महिना रहुन्जेल कहिले जाडो आउला भन्दै पर्खियो , जाडो आएपछी कहिले गर्मी आउला भन्दै कुर्नु पर्छ । यो चिसो बिहान को निद्रा त झन कती गहिरो हो बा.. ?
मनमा यी र यस्तै अन्तर्द्वन्द चलाउदै कुर्था सलवार लगाएर हेमा कलेजको लागी सडक मा निस्किईन । माक्स लाएको यौटा युवा कलेज ड्रेसमा आउदै गरेरको देखेर उनि मन मनै ढुक्क भईन ढिला त भएको रहेनछ भनेर । क्लासमा अगाडी का बेन्च हरु काठमान्डौ का लोकल ले भरिन्थे । प्राय सँधै चौथो वा पाँचौँ लाईन को डेक्स उनको भाग मा पर्थ्यो । आज ढिला भएको ले सबै भरिएका रहेछन, पछाडी को बेन्च पर्यो उनलाई । त्रिचन्द्र कलेज मा उसै पनि बिध्यार्थिको चापाचाप नै रहन्छ । उनी बसेको पछाडी को बेन्च मा आएर बस्यो त्यै रुम बाट निस्कनै लाग्दा देखेको माक्स वाला बिध्यार्थी । हेमा एक बिछट्टै खालकी केटी थिईन । उनलाई पुरुशहरु प्रती कुनै लगाब, आकर्षण वा बिकर्षण हुदैनथ्यो । भनौ उनी तटस्थ थिईन यो मामला मा । सरले नोट गराईरहँदा त्यो माक्स वाला केटो ले डटपेन डेक्स मा कोर्दै झट्कारी रहेको देखेर उनले ब्याग बाट अर्को कलम निकालेर दिईन । उस्ले थ्याँक यु भन्यो तर हेमा ले उत्तर दिईनन् । आजको कलेज सकियो । हतार हतार उनी कोठातिर दौडीईन । गएर खाना बनाएर खानु पर्ने र फेरी काम मा जानु पर्ने । काठमान्डौ मा बसेर काम नगरे , घरको खर्च ले धान्न कठिन हुने । उनि आफ्नै मामा ले चलाएको दरबार मार्ग कै KFC फास्ट फुड मा रिसिप्सन को काम गर्थिन । कतिपय ले अर्डर लिने बहाना मा उनलाई जिस्क्याउथे । ‘के अर्डर लिने काम गर्छ्यौ म सँग बिहे गर र अर्डर दिदै बस ‘ भन्थे । उनि त्यस्ता ग्राहक को सातो खान्थिन । र अर्डर नै टिप्दैनथिन । म्यानेजर उनको रिस देखी आजित भैसकेका थिए । यदी ओनर उनका साखै मामा नहुदा हुन त म्यानेजर ले उहिल्यै कार्बाही गरिसक्थ्यो होला । सँगै काम गर्ने केटा हरु मजाक मजाक मा भन्थे ‘ तिमिलाई हाँस्न आउदैन हेमा ?’ उनको उत्तर हुन्थ्यो- “बिना कारण त तिमि जस्तो पागल हरु पो हाँस्छन त” उनी सँग डराँउथे प्राय सबै कामदार हरु , सानो सानो कुरा मा पनि उनी झडङ्ङ रिसाई हाल्थिन । यति सम्म की चोक तिर सिम सिम पानी मा कुनै केटा ले ‘ हाम्लई नि छाता ओडाउ न हो मैयाँ’ भनेर जिस्क्याए भने “ला .. तैँ ओढ” भनेर छाता ले झट्टी हानेर भिज्दै जान्थिन उनी ।
हिजो अबेर फर्किएकी हेमा लाई आज पनि कलेज ढिला हुन लागिसकेको थियो । हस्याङ फस्याङ गर्दे बाटो मा निस्किईन । आज माक्स वाला केटो अलि अगाडी रहेछ । ढिला हुन लागेको ले उनि लामो लामो फड्का मा हिडीन । उसलाई उछिन्नै लाग्दा ‘एक्सक्युज मी’ को आवाज ले हेमा ले उसको अनुहार तिर हेरीन ‘धन्यवाद’ भन्दै उसले हिजोको पेन रिटर्न गर्यो । उनी पेन समातेर बाटो लागीन । केटोले सोध्दैथ्यो ‘तिम्रो नाम…’ हेमा ले सुनेको नसुन्यै गर्दै मन मन मा भनिन “कति न नाम चाहिएको ..”
हरेक बिहान जसो भेट हुन थाल्यो हेमाको उ सँग । कहिलेकाही त फर्किदा पनि उनिहरु सँगै हुन्थे । केटो उनलाई बोलाउन डराउथ्यो किन की उनको स्वभाब को अभ्यस्त थियो । हेमा ले त बोलाउने कुरै भएन । कहिले काही त छुट्टीको दिन पनि भेट हुन थाल्यो । धोबिधारा को निशा कफि सप हेमा कै साथी को थियो । उनी छुट्टी मा त्यतै जान्थिन । एकदिन फर्कीने क्रममा उनिहरु को भेट टेम्पो स्टेन्ड मा भयो ।बल्ल बल्ल आएको टेम्पो मा एकजना को मात्र सिट रहेछ । अगाडी उ थियो तर पनि उसले हेमा लाई सिट छोडिदीयो । हेमाले चिनिनन् कारण उ सँधै माक्स लाउथ्यो र कलेज ड्रेस मा मात्र उसलाई देखेकी थिईन । आज माक्स पनि थिएन र उ टिसर्ट जिन्स मा थियो ।
उसले भन्यो ‘तिमी बस म उभिन्छु’ बोली ले मात्र चिनिन हेमाले उसलाई । ड्राईभर ले भन्यो सिट भरी मात्र बस्नु होला अगाडी ट्राफिक छ । उ नै ओर्लीयो । हेमा लाई नरमाईलो लाग्यो । बिहान हेमाले उसलाई बाटो मा भेटीन र सरी फर एस्टर्डे भनिन । उसले ईट्स ओके भन्यो ।
हेमा अचेल कोठा बाट बाहिरिना साथ त्यो माक्स वाला लाई हेर्थिन । यदी अगाडी छ भने लामो लामो फड्का ले हिड्थिन र पछाडी छ भने बिस्तारै जान्थिन ता कि सँगै भईयोस । देखिनन् भने पटक पटक फर्केर हेर्थिन र छिटो जौँ कि ढिलो उनी असमञ्जस्यता मा पर्थिन । भनौँ उनलाई लत लागी सकेको थियो ।
माघ महिनाको अन्त अन्त तिर केही दिन देखी त्यो माक्सवाला लाई उनले देखेकी थिईनन् । दैनिक जसो उनका आँखाहरु उसलाई खोज्थे । कलेज मा पनि क्लास भरि उनी एक नजर लाँउथिन । एक प्रकार को बेचैनी छाईराख्यो हेमा को मन मा । १७ दिन पछी उ सेतो पहिरन मा त्यै बाटो मा देखियो । हेमा लाई गएर अँगालो हालौँ जस्तो भएको थियो । तर उसको ड्रेसप देखेर नतमस्तक भईन । नजिकै गएर कम्पित स्वर मा सोधिन –
को… ?
उसले रोदन मिश्रीत स्वर मा भन्यो ‘आमा’
कुरा यत्ती नै भयो गम्भिर मुद्रा मा दुबै कलेज पुगे । दिन हरु बित्दै गए उनि हरु अलि नजिक भएर गफ गर्ने र जिस्कने गर्न थालेका थिए । कलेज मा कोही कोही साथी ले उनिहरुको कुरा काट्दा पनि हेमा लाई आनन्द आउथ्यो । बाहिर बाहीर नकारे जस्तो गर्दे भित्र भित्र रोमाञ्चीत भएर सुन्थिन उनी ।अ चेल उनी हरु छुट्टी मा सँधै जसो कफि सप जान्थे । उसको नाम सागर थियो । सागर ले एकदिन कफिसप को मधुर रोषनी मा हेमा लाई ‘आईलभ यु भन्यो’ । हेमा जुरुक्क उठेर बाहिरिईन । सरसरी कोठामा आईन । ढोका मा चुक्कुल लगाईन र बेडमा डङ्रङ्ङ ढलिन । मस्तिस्कमा ज्वारभाटा गई रहेको थियो । आखिर किन यि पुरुश हरु यस्ता हुन्छन । सागर लाइ मैले अरु भन्दा फरक सम्झेकी थिएँ । खै त पृथकता ? मलाई अरुले जे भन्थे अन्त्यमा उसले नि त्यै भन्यो । अरु भन्दा एक बुँद पनि फरक रहेनछ उ पनि । यि पुरुश हरु हामी लाइ के सँझन्छन हँ??? म भोली देखि त्यसलाई भेट्दीन । म बोल्दा पनि बोल्दीन । अचानक सागर को कल आयो उनले रिसिभ गरिनन् । ह्वाटस्एप फेसबुक सबै मा ब्लक गरिन र मोबाईल अफ गरीन । मन मा कुरा खेल्न छोडेनन् , उनले सोचीन अब उन्को सागर प्रती को सद्भाब सकियो । अब उ मेरो लागी ‘ऊ’ रहेन न म नै उसको लागी ‘म’ रहेँ । ‘ऊ’ उ नै भयो र म ‘म’ नै भएँ हामी अलग धार भयौ । न उस्ले ‘म’ भएर सोच्यो न मैले उ भएर सोच्न सक्छु । माघ को जाडो मा उनको शरीर पुरै तातेको थियो । आबेग भरिएको थियो कण कण मा । उनलाई यस्तो लाग्दैथ्यो गएर चिथोरूँ उस्लाई । आखिर किन यती सस्तो सब्द मा किन्न खोज्छन यि पुरूश हरु हामिलाई ? आधा रात भयो तर मन मा बिचलन भएपछी निद्रा लाग्ने कुरै भएन । उनी रातभर अनिदो बसिन । भोलीपल्ट कलेज गईनन् काममा पनि गईनन् । पर्सीपल्ट पुन उनी कलेज गईन । तर सागर न बाटो मा नै भेटीयो न कलेज मा नै । निपर्सि पल्ट पनि आएन फेरी अर्को दिन सनिबार । उफ्…. किन उसको अभाब खड्किरहेको छ यो मन मा । के म पनि उसलाई मायाँ गर्छु त ? नो एण्ड नेभर ! आफै प्रश्नोत्तर गर्दै सनीबार बित्यो । आईतबार बिहानै उनी सँधै भन्दा एक घण्टा पहिले बाटो मा निस्किईन र सागर को प्रतीक्षा गर्न थालीन । सबै साथी हरु कलेज गए तर उ आएन आठ बजे सम्म उनी रोड मा बसीन अँह उ आएन । फर्किएर कोठा गईन । मन मा अनौठो डर लाग्यो उनलाई । कतै उसले पनि आबेष मा आएर आत्महत्या.. । नाई यो हुन सक्दैन उनि एक्लै चिच्याईन । उसलाइ कल गर्ने हिम्मत जुटाईन र नम्बर डायल गरीन ‘ तपाईले सँपर्क गर्न खोज्नु भएको नम्बर मा अहिले सम्पर्क हुन सकेन …’ टेलिकमको रेडिमेड जबाफ । उन्लाई जमिन भासिएको आभाष भयो । KFC का स्टाफ हरु उनको मलिनता देखेर लाजबाफ बनेका थिए । एकाएक उनमा आएको परिबर्तन ले सब अवाक थिए । उनी आफै पनि छक्क थिईन के यै बेचैनी लाई भन्छन त मायाँ ?
सोमबार पुन समयमै उनी कलेज को लागी निस्कीईन । गर्हौ भएझै लाग्यो उनलाई पाईला हरु । बिस्तारै उनी दर्बार मार्गको फुटपाथ मा कलेज तिर बढिन । अचानक पछाडी बाट आवाज आयो हेमा.. उनी पछाडी फर्किन अरु कोही नभएर उही सागर थियो । सागर उनलाई कफिसप को कुरा लाई लिएर सरी भन्न खोज्दै थियो तर हेमा ले अङ्कमाल गरेर भनिन ‘कहाँ हराएको यत्तीका दिन’ “आमा को महिना मा गर्ने श्राद्ध (मासे) थियो र गाउ गएको थिएँ । बन्द ले फर्किन पाईन” ।
अस्तु …

तोयानाथ पौडेल
सँखुवासभा
हाल मरुभुमिको छाती बाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *