सत्तामै बसेर जनता मार्नेको भेला हेर्दैछु म पनि
आँखैका सामुन्ने अोभाना हुदैछन रेला हेर्दैछु म पनि
खोजेर अफ्टेरो दाजु र भाइ नै युद्ध लड्दैछन यहाँ
को जित्छ आखिर लडेर घरमा, मेला हेर्दैछु म पनि
सँझौता गरेर बाहिर ननिस्की कुरा ढोकैमा फेर्छन
राजनीति गरेर जनता निखार्ने खेला हेर्दैछु म पनि
गुलिया बचन बाँडेर समाजमा रस चुस्छन निखारी
भगवान सँझिने पिशाच हरूका चेला हेर्दैछु म पनि
तोयानाथ पौडेल
सँखुवासभा तामाफोक
हाल – मरुभूमिको छाती बाट
