Skip to content


गर्नु छ अँझै, प्रगती धेरै, हारेर हुदैन
प्रीति को फूल, फक्रिन दिऊँ, मारेर हुदैन

हास्नु छ आफैँ, पहिले अरु, हँसाई देखाऊ
सराप्दै भाग्य, आँशुका ढिका, झारेर हुदैन

समाज हाम्रो, बनाउनु पर्छ, नमुना विश्वमा
उच र निच, छुट्याई पानी, बारेर हुदैन

समय लाई, पर्खनु पर्छ,नगरौ हतारो
खडेरी छँदै, खेतमा गोरु, नारेर हुदैन

हार्नु चैँ हुन्न, हिम्मत कैले,नहुने के छ र
सकिन भन्दै, अँधेरो मुख, पारेर हुदैन

तोयानाथ पौडेल
सँखुवासभा
हाल – मरुभूमिको छातीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *