सयौँ बर्ष बाच्छु भन्ने पलभरि मै मरेका छन्
यथा स्थान नछोड्ने नि दूर दराज सरेका छन्
देशलाई विकासको बाटो लाने कसम खाई
खण्डहर हुदा पनि आफ्नै पोल्टो भरेका छन्
गाई काटी खान्छौ भनी माग राख्नेले नै
बलि प्रथा बन्द गर्ने उर्दी जारी गरेका छन्
बसन्तमा मै हुँ भन्दै सिर उठाई अभिमानको
गृष्म लाग्न नपाउँदै लर्बरिँदै झरेका छन्
तोयानाथ पौडेल
सँखुवासभा
हाल -मरुभूमिको छाती बाट
