Skip to content

२०५८ साल तिर को कुरा हो –
श्यामजंग गाउले जीत बहादुर मामा अनि म भएर बिराटनगरको
रानी मा पुलिसमा भर्ती हुन हिडियो ।
बाटो अबरुद्द गरेका थिए माओबादिले । हामी हिड्दै जाने भनेर बाटो लागियो । धनकुटाको धारापानी मा पुग्दा साँझ पर्यो । युद्दकाल भएको ले सहजै बास बस्न कसैले दिएनन् । त्यतिकैमा एक बृद्द कटुवाल बाजे को घरमा पुगियो । बा बाहिरै सिकुवामा पुर्पुरामा हात राखेर काँचो सुर्ति खोस्टामा बेरेर तान्दै थिए। बास को लागि सोधेको बा निरास भएर खुईया गर्दै भने-
” बुढेसकाल मा एउटी छोरी जन्मिएकी थिई त्यै पनि हिजो देखी सिकिस्त बिरामी परेकी छे यो गाउमा धामी पनि छैनन “…. !!
श्याम जँग गाउले को दिमाख पहिले देखिनै तिक्ष्ण थियो । फ्याट्टै आईडीया निकाली हाले ”लु बा म त भुईफुट्टा धामी हु कस्ता कस्ता लाई मृत्यु को मुख बाट जोगाएको छु । ” निरास बाजेमा थोरै उत्साह भरीयो र गुन्द्री तान्दै बस्न आग्रह गरे जितु मामा र म पनि मुखामुख गर्दै बासको जोहो भएको मा ढुक्कको सास फेरीयो
आमै ले मसिना चामल को भात , कालो दाल र टमाटर को पि….रो अचार ले स्वागत गर्नु भयो । खाना खाई सके पछी श्याम गाउलेको धामी कर्मकाण्ड सुरुभयो
थाल ठटाउने जितु मामा धुपौरे म
” तिमी स्या सिकारी जगर बगर की धनि है ठकुरानी
बनै काईयो बनै कुसुण्डो लाला बालाकि धनी ,
यो सारासँसार जगत् चराचर तिम्रै सन्तान लौ पर्मेश्वरी दुधको दुध पानीको पानी ……. ”
खै के के भनेर फलाक्न लाग्नु भयो फलाक्दा फलाक्दै अड्किन लागेको थाहा पाए जितुमामा बेस्सरी थाल ठाउनु हुन्थ्यो । भने म चाही लौ पर्मेश्वरी भन्दै धुप हाल्थे । धुप हाल्ने क्रम मा मेरो चाही औलामा लागेको नौनी घिउ मा आगोको कोईलो टाँसिएर एक परान गयो आथ्था पर्मेस्वरी भनेर हात टक्टक्याको कोईलो उछिटीएर जितुमामा को हनुमान कट्टू भित्र छिर्यो मामा पनि उठेर उफ्रीन थाले ..
उता श्याम गाउले चाही बोक्सीले त सखाप नै पारेको रहेछ लौ कालो बोको उठाउनु पर्छ भन्न लागे बिचरा बा ले खोरको कालो बोको निकालेर ल्याए । मैले भने ”यो बोको चाही अहिले उठाउने मात्र हो निको भयो भने पछि पुजा गर्नुपर्छ” भने । मेरो उदेश्य भनेको यो नौ टँकी ले बा को क्षती नहोस भन्ने थियो । जितु मामा र जँगे गाउले चाही मलाई चिमोटेका चिमोट्यै थिए । अबेर मात्र सुतीयो बिहान उठ्दा कोदोको रोटी र दुधको चिया तयार थियो हामि खाजा खाएर बाटो लागियो । बाटो भरी मलाई तथानाम गाली गरे दुबै मिलेर । मजाले मासुभात खाउला भनेको त तँ डाम्ना ले कुरो बिगारीस भन्दै गालि गरे ।
रिजल्ट उस्तै आयो हामी तिनै जना फेल, भईयो र फर्केर आईयो आउने बेला गाडी खुलेको थियो र हामी गाडिमै आईयो ।
दिन हरु बित्दै गए हामि पढाईलाई निरन्तरता दिन लागियो । फेरी अर्को साल ईटहरिमा सेकेण्ड लेफ्टिनेन्ट खुलेको जानकारी पाईयो । माओबादी हरुले फेरी गाडी बन्द गरे किनकि उनि हरु सेनामा हैन युवा हरु लाई जन सेना मा भर्ती गर्न चाहान्थे ।
यो पाली पनि हामी जाने निर्णय गरीयो पहिले गरेको फटाई का कारण हामी लाई त्यो गाउमा खतरा पनि तेतिकै थियो अरु ठाउ बाट सट कट बाटो पनि थिएन हामी आज चाहि बास बस्न धारापानी काटेर अर्को गाउ पुग्नु पर्छ भन्दै थकाई नमारी हिडिरह्यौ ।
सँयोग नै भनौ ति कटुवाल बा त बाटैमा भेटीए हाम्रो होस हवास उड्यो । बा ले निध्याएर तल देखि माथि सम्म हेरे
”हैन हजुर भुई फुट्टा धामी हैन ??” श्याम गाउले पसिना काढ्दै गरेको प्रष्ट देखिन्थ्यो बोलि कम्पित भएको थियो मानौ अगाडी कटुवाल बा हैन अजँग को बाघ खडा छ
बा ले आँसु झारे
” तपाई हरु लाई मैले कहाँ कहाँ मात्र खोजिन ? बाटो हिड्ने सारा लाई सोधे यस्ता यस्ता हुलिया भएका ३ जना लाई जहाँ भेटे पनि म सँग भेट गराई देउ म ५ हजार दिन्छु भनेर सारा लाई भन्दै हिडे ” हामी तोरी को फुल देख्न थालेका थियौँ
”तपाई हरु त मानब हैन ? भगवान हुनुहुन्छ !!!!!!!!!
मेरी छोरी लाई बचाईदिनु भएको मा म कोटी कोटी प्रणाम गर्छु ”
हाम्रो रोकिन लागेको श्वास फेरी सञ्चालन मा आयो रक्तसँचार पुन सुचारु भयो ।
बा थप्दै गए
”तपाईले उठाउनु भएको बोको ८ धार्नि जतिको भएको छ मेरा भगवान हरु आउनुभएको छ लु जौ मेरो घर मा । हामी मुखा मुख गर्दै पछि पछि गयौ ।
बा ले राडी बिछ्याए र गाउ बाट ३ ४ जना लाई बोलाएर बोको काट्न लगाए
राजकिय भोज भतेर भयो ।
उपस्थित गाउले हरुले ”महान धामी हरु ” भनेर हाम्रो प्रसँसा गरे । गाँई गुँई सुनीदै थ्यो
”यो बैज्ञानिक युग मा धामी बोक्सी हुदैनन् भनेर
भ्रम फैलाउने हरु बिरुद्ध को गतीलो झापड हो यो ,
यदी वाहा हरु नआईपुग्नु भएको भए आज
यो कटुवाल काका ले छोरी भन्न पाउने थिएनन् ।”
हामी गजक्क परेर बसियो अझ मुल धामी श्याम गाउले त उप्पर खुट्टी लाएरै बस्नु भयो , भोज मा आउने गाउले हरु ”प्रणाम गुरु ” भन्थे वाहा दाईने हात उठाएर साईबाबा को स्टाईल मा आयुस्मान भब ; बोक्सीका आँखा नलागुन .. भनेर आषीश दिनिहुन्थ्यो ।
अन्तत; बिहान हामिलाई स-सम्मान बिदाई गरियो र बेला बेला गाउमा आएर आफ्नो रक्षा गर्न अनुरोध गरे गाउले हरुले ।
निष्कर्श:-
धामि र बोक्सी केही हुदैनन् ! बिश्वास मानीश को सबै भन्दा ठुलो उपचार हो ।
तोयानाथ पौडेल
मरुभुमी को छाती बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *