Skip to content


पसिनाले आफ्नो शरीर सिँचाएरै बित्यो जीवन
जूनीभरि गह्रौ भारी उठाएरै बित्यो जीवन !

कैले जँगल जुगा घारी घनघोर बर्सातमा नै
ढुङ्गे पाखा कोदो बारी बिराएरै बित्यो जीवन

खोले डल्ला सिस्नुसँग एकै छाक पाए पनि
खुसीसँग मनको मित लगाएरै बित्यो जीवन

आधा जूनी यस्तै बित्यो गर्दा गर्दै हाँसखेलैमा
आधा उमेर बेहोसीमा निदाएरै बित्यो जीवन

छोरा नाति पढे लेखे फर्किएनन गाँऊघरैमा
बुढेसकालमा पाखो बारी जिलाएरै बित्यो जीवन!

तिमी पर्यौ हुने खाने म त परे हुदा खाने
त्यसैले त कयौँ छाक नखाएरै बित्यो जीवन!
____________
तोयानाथ पौडेल
मरुभूमिको छातीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *