Skip to content

मजदुरलाई शनिबार र शुक्रबार उस्तै


मजदुरलाई शनिबार र शुक्रबार उस्तै त हो नि
पसिना बगाउनेलाई युके या कतार उस्तै त हो नि

मदिरा त मदिरा नै हो सुनपानी छर्केर खाए पनि
पाँच सयको बियर वा पच्चीसको निगार उस्तै त हो नि

पुरानै अनुहार दोहोरिए खै के लेख्लान र बिधान
पुराना मान्छेको सोच र बिचार उस्तै त हो नि

यो लोग्ने मान्छेको देश, आईमाई त मुर्कट्टा छन
त्यसैले जेल भनौ या चार दिवार उस्तै त हो नि

म र मजस्तै पुर्याएर खाने मजदुरको लागि
दुख दर्द र जिन्दगीको सार उस्तै त हो नि

तोयानाथ पौडेल
सँखुवासभा तामाफोक – ८
हाल – मरुभूमिको छातीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *