Skip to content

पलाउन गएको थेँ फाटेर पो आएँ हजुर


पलाउन गएको थेँ फाटेर पो आएँ हजुर
किन बस्नु रोई, डाँडै काटेर पो आएँ हजुर

उताभन्दा यतै मिठा रहर फुल्न थालेका छन
औठी चिनो ख्याल ख्यालै साटेर पो आएँ हजुर

शरद नै चाहिदैन मनको फुल फक्रिनलाई
घिउसँगै मनको लड्डु बाटेर पो आएँ हजुर

आश्वासनमा भुलाएर केही घण्टा पर्ख भन्दै
जानी जानी यथार्थता ढाँटेर पो आएँ हजुर

तोयानाथ पौडेल
सँखुवासभा
हाल- मरुभूमिको छाती बाट

4 thoughts on “पलाउन गएको थेँ फाटेर पो आएँ हजुर”

  1. कुन मुलुकलाइ मरुभूमिको छाती भनेको भाइले
    गजल राम्रो लाग्यो । यस्तै गजल पढिरहन पाउँ है भाइ ।

    1. तोयानाथ पौडेल

      अरबे हुँ दाई हजुर हे हे
      अरबे हुँ दाई हजुर हे हे

Leave a Reply

Your email address will not be published. Required fields are marked *