कति हारेका प्रेमी सराब सँगै जिउछन
एक्लै नबाँच्ने झुटो दबाब सँगै जिउछन
कोहि जितेर पनि हारेको महशुस गरि
आँशु बगाई सारा बहाब सँगै जिउछन
थोत्रा सँझना गम्दै पागल भए जस्तै गरी
उहि पुराना याद् का हिसाब सँगै जिउछन
सबै बिर्सिए पनि बिगत ताजा बनाउन
उन्ले दिएको रातो गुलाब सँगै जिउछन
तोयानाथ पौडेल
मरुभुमी को छाती बाट
