Skip to content

होम सुवेदी

बालश्रम

“हेर्नुहोस् अँझ पनि म भनिरहेको छु । हाम्रो लागि यो बडो लाजलाग्दो कुरा छ । हाम्रो समाजबाट बालश्रमलाई कसरी निर्मूल गर्ने भन्ने कुरामा हामी धेरै सचेत छौ । वास्तवमा यो हाम्रा लागि मात्र नभई सारा दुनियाँकै लागि लाजमर्दो कुरा हो । बालश्रम र बाल शोषण जसरी पनि अन्त्य हुनुपर्छ ।”

“तपाईको भनाइ शतप्रतिशत सही हो । यसबाट हामीहरुले अन्तरराष्ट्रिय रुपमै इज्जत गुमाइरहेका छौ । होटलमा हेर्नु बालश्रमिक उत्तिकै छन् कारखामा हेरौ वा धरेलु कामदाका रुपमा हेरौ सवितर नै । बालबालिकाको सबै अधिकार पनि हामीहरुले लुटिरहेका छौ । उनीहरुले पढ्न पाउनु पर्ने खेल्न पाउनु पर्ने र अन्य समाजमा बसेर श्रमरहित जिन्दगी बाँच्न पाउने अधिकार पनि हामीले सबै बर्वाद पारिदिएका छौ ।”

विजया दशमी

रारा घुम्ने निहुँ सँग यहाँ पार्वती बस्न आऊन्
भोले बाबा त्यसपछि यतै बस्न पाई रमाऊन्
चौतारीका डिलनिर बसी बाँसुरी यो बजाऊन्
कान्छाकान्छी मधुर लयमा प्रेमका गीत गाऊन् ।।

जेमराजलाई ओखतीका डोजले

जेमराजलाई ओखतीका डोजले डस्तै गर्नुपर्छ
जिन्दगी हो माथि चढ्दै तल खस्तै गर्नु पर्छ ।।

बाँचुञ्जेल सम्बन्धका सूत्र टुट्लान् भन्ने डरले
कैले काहीं कार्यालयै भित्र पस्तै गर्नुपर्छ ।।

जिन्दगी

रह्यो तिन साँवै रह्यो ब्याज तिर्न
यता भोकभोकै उता छन् अजीर्ण
कतैबाट मागी कतै तिर्न खोज्दा
नसक्ने भएँ जिन्दगीबाट फिर्न ।।

सबै तिर्न पाए हुँदो हो हलुङ्गो
हलुङ्गो भए लाग्दथ्यो एक टुङ्गो
ऋणैभित्र डुब्दा छ छाती गरुङ्गो
मलाई भएको छ संसार ढुङ्गो ।।

हे पिता

व्यथाहरू लाखन लाख हुन्छन्
झन् आँसुमा लाख व्यथा चुहुन्छन्
बाँकी व्यथा भित्र कतै हियामा
बग्नै नपाएर यसै कुहुन्छन् ।।

हो जिन्दगी एक विशेष शिक्षा
यस्तै पढाएर दिएर दीक्षा
पिता तिमीले अघि नै प्रयाण
लियौ कसैको नगरी प्रतीक्षा ।।

अलङ्कार

आज र भोलि हामी एउटा मिठो अलङ्कारका लागि कोसिस गरौं यद्यपि यो अनिवार्य हैन । रुचि हुने मित्रहरुले यसमा पनि ध्यान दिनु उचितै हो ।

अलङ्कारको नामः विशेषोक्ति
प्रकारः अर्थालङ्कारः
परिभाषाः कवितामा कारण भएर पनि त्यसबाट कार्य नभएको वा विपरित प्रकृतिको कार्य भएको बुझिएमा विशेषोक्ति अलङ्कार हुन्छ ।

मझेरीका गजलको लघु समीक्षा

आजसम्म लगाएर मैले मझेरीका ३४५ पृष्ठका कमसे कम पाँच हजार जति गजल पढें । गजल निकै मार्मिक र ओजले भरिएका रहेछन् । प्रसिद्ध गलकारहरू र मोतीराम भीमनिधि तिवारीका गजलसमेत रहेछन् । बढीमा २५०० जति पाठकले पढेका र घटीमा दस बिसले मात्र पढेका पनि देखिए । राम्रो गजलका पाठक धेरै र कमजोरका पाठक कम नै देखिए । यसैले पाठकले राम्रो रचनाको अध्ययन गर्दो रहेछ भन्ने सिद्ध भयो ।

विराग

/

कतार बसें दुबै बसें नेपाल बस्न सकिएन
बन्दुक बोकी भाइ मार्न जङ्गल पस्न सकिएन ।।

खानै पर्यो लाउनै पर्यो परिवार पाल्नै पर्यो
छाती माथि यसै तिखो छुरा धस्न सकिएन ।।

रात दिन घरबार धान्न धौ धौ हुँदा पनि
कसैलाई सामन्तीले जस्तो डस्न सकिएन ।।

आफ्नो ठाउँ आप्नो गाउँ किन किन प्यारो लाग्छ
अमेरिका छिर्ने सोखले कुम्लो कस्न सकिएन ।।

बेइमानीको कौडो पनि खाइएन जिन्दगीमा
इमान्दारी बेची बेची तल खस्न सकिएन ।।

के गर्नु र व्यवहार चलाउनै पर्दो रैछ
थाप्ला भरि सेतो विभुत घस्न सकिएन ।।

विराग

/

कतार बसें दुबै बसें नेपाल बस्न सकिएन
बन्दुक बोकी भाइ मार्न जङ्गल पस्न सकिएन ।।

खानै पर्यो लाउनै पर्यो परिवार पाल्नै पर्यो
छाती माथि यसै तिखो छुरा धस्न सकिएन ।।

रात दिन घरबार धान्न धौ धौ हुँदा पनि
कसैलाई सामन्तीले जस्तो डस्न सकिएन ।।

आफ्नो ठाउँ आप्नो गाउँ किन किन प्यारो लाग्छ
अमेरिका छिर्ने सोखले कुम्लो कस्न सकिएन ।।

बेइमानीको कौडो पनि खाइएन जिन्दगीमा
इमान्दारी बेची बेची तल खस्न सकिएन ।।

के गर्नु र व्यवहार चलाउनै पर्दो रैछ
थाप्ला भरि सेतो विभुत घस्न सकिएन ।।

कविता लेख्न अब हापिन्छ

भाषा कला हो म कला सजाऊँ
सजाउने गीत सधैं म गाऊँ
जस्ले पुनर्जीवन दिन्छ त्यस्मा
त्यस्तो कलाकार बनेर आऊँ ।।

हुन्थ्यो ममा भित्र नितान्त यस्तो
समुद्र उर्लेछ कि भन्नु जस्तो
लाग्दैछ यस्तो अहिले मलाई
मानौं सबै स्रोत सुकेछ जस्तो ।।

संविधान

आतङ्क बेइमानी यो संविधानमा छन्
संस्कारका अनेकौं ठेली चिहानमा छन् ।

तिर्खा छ भोग गर्ने उन्मत्त छन् हजारौं
हाम्रा दिदी र बैनी सर्वत्र घानमा छन् ।।

धारा दफाहरुमा भिन्नै छ लेखिएको
भित्री अदृश्य धारा यस्का विधानमा छन् ।।

सत्रौं हजार मार्दै ल्यायौं विधान किन्तु
सर्वत्र देश चुस्ने यस्कै मुहानमा छन् ।।

खोज्दै विधान जस्ले सर्वस्व नै गुमायो
त्यस्ता सिपाही आफ्ना थोत्रे मतानमा छन् ।।

उत्सर्ग जिन्दगानी गर्ने छ भोक भोकै
छट्टू रजाइँ गर्दै यो देश खानमा छन् ।।

ज्यामी मिली हजारौं दर्बार जो बनाए
त्यस्ता हजार ज्यामी त्यस्कै रछानमा छन् ।।
बहर बहारको अभ्यास

नेता बनेका किन बाइफाले

दिमाग छन् शून्य छ शून्य सोच
आस्था न हुन्छन् न त हुन्छ ओज
प्रशस्त पैसा सँगमा हुनाले
नेतो बनेको छ टुनामुनाले ।।

लुछाचुँडीमा दिन रात फाले
आफू र आफ्नै जति मात्र पाले
र भ्रष्टको झुन्ड सबै उचाले
नेता भएका किन बाइफाले ।।

मर्ने बेलामा जेठा दाजुको सन्देश भाइ माइलालाई

भाइ कैले पूरा गर्लास् गन्न तेरै बाँकी रह्यो
आफ्नो भन्न कैलै पाउलास् भन्न मेरै बाँकी भयो ।।

छोरा छोरी नातिसम्म मेरा केही छैनन् बाँकी
तेरो भने उपध्याहा यौटा धन्न बाँकी रह्यो ।।

त्यसले तँलाई सुख शान्ति केही पनि दिने छैन
भनौं भन्थे तेरा कानमा यसै भन्न बाँकी रह्यो ।।

जस्मा हुन् रमणीय भाव

जस्मा हुन् रमणीय भाव किन त्यो लेख्तैन यो लेखनी
अग्ला शैल हिमालको मधुरिमा देख्तैन यो लेखनी
ठानून् पाठकले पढेर यसमा “पाइन्छ सञ्जीवनी”
मात्रै वर्णनका कुरा फगतमा ओकल्छ त्यो लेखनी ।।

हामीमा अब छैन लेखन कला सामर्थ्य लेख्ने गयो
जस्तो लेख्न सक्यौं छँदैछ अहिले त्यो जे भयो जे भयो
आागामी दिनका अदम्य झरिला स्रष्टाहरू चम्कन
लागून् सिर्जनमा निरन्तर उचा आकाशलाई छुन ।।

भाषाविज्ञान

न मा पनि चन्द्रबिन्दु ???
भाषिक सन्दर्भमा ङ ञ ण न म जस्ता यी नासिक्य वर्णहरुले प्रयोग हुनु पर्दा कुनै स्थानमा सामान्य नासिक्य भएर काम गर्दछन् र कुनै स्थानमा असामान्य वा बढी नासिक्य भएर काम गरिरहनु पर्छ । कतै भने कम नासिक्य भएर पनि आर्थी संरचनाको भार यिनले बहन गरेका हुन्छन् । ण र ञ वर्ण तत्समबाहेकका नेपाली शब्दहरुमा उच्चारणमा छैनन् तर ङ न म भने छन् र यिनमध्ये केहीले सामान्य कम नासिक्य, सामान्य नासिक्य र अधिक नासिक्य भएर पनि शब्दमा अर्थ भेद गरेका छन् । शब्दमा अर्थभेद गर्ने क्षमता देखियो भने तिनलाई वर्णको हैसियत प्राप्त हुन्छ ।

हाम्रो लागि

विरागः
भ्रष्टलाई किन किन बोल्नै सारो छ
बोले पनि मनको कुरा खोल्नै गारो छ ।।

खिरै पनि उसका लागि फाल्ने कुरा भो
हाम्रा लागि ढिंडो रोटो मात्रै चारो छ ।।

स्वास्थ्य रक्षा गर्नलाई भासन दिँदैछन्
त्यसलाई नाश गर्ने तिनकै धुलो छारो छ ।।

विना पानी हाम्रो जीवन कहाँ चल्ला र
पानी हैन हावा मात्रै आउने धारो छ ।।

अरूतिर विकासले अघाइसकेछन्
विकासमा ता हाम्रो गाई अझै थारो छ ।।

धुम्रपान मुक्त नगर

लघुकथाः धुम्रपान मुक्त नगर

धमाधम गरेर कान्ताले लुगामा आइरन गरेर तयार पारिदिइन् । दयारामले हतारहतार चिया नास्ता गरे । लुगा फेर्दै चुरोट तान्न खोजेको चुरोट सकिएको ता उनलाई बल्ल पो थाहा भो ।
“ए सपना !” काम गर्ने केटीलाई कराए । तुरुन्त हाजिर भई ।
“जा त, चुरोट किनेर ले सकिएको रहेछ ।” आदेश अनुसार केटी दोकानतिर लागी ।
भुराभुरीलाई चुरोट खैनी किन्न बेच्न नपाइने सरकारी नियमलाई उनले दोकानेसँग सम्झौता गरेका छन् उनी ता जनप्रतिनिधि न हुन् । नियम भनेको त सर्वसाधारणलाई न हो । यसैले दयारामकोमा काम गर्ने सानी केटी सपनालाई दोकानेले अलिक लुकाएर चुटोट दिने गरेको छ ।

मोतीराम कालीन भाषामा गजल लेखिहेर्दा

परैबाट आँखा जुधाउँदा रहेछन्
नजानी नजानी बाेलाउँदा रहेछन् ।।

नजीकै बसेमा असल् हुन्छ भन्थे
उनी दूर बस्तै सताउँदा रहेछन् ।।

मेलम्चीको पानी

विरागः
हिमालको थाप्लो पनि चुरे जस्तो लाग्न थाल्यो
छानिएको नेतो पनि भुरे जस्तो लाग्न थाल्यो ।।

समृद्धि र सुखी भन्ने मुख मुखमा नारा थियो
सुरुवातै नगरेर तुरेजस्तो लाग्न थाल्यो ।।

आश्वासनका पुलिन्दा जो रातदिन बर्सिएका
भासन सुन्दा कुम्भकर्ण घुरेजस्तो लाग्न थाल्यो ।।

रात साँझ युवा पुस्ता विदेशतिर लर्को लाग्दा
तिनको भाग्य तिनैभित्र पुरे जस्तो लाग्न थाल्यो ।।

गणतन्त्र भन्ने कुरा देशभित्र हुलेपछि
बाघलाई मोटो सिकार जुरे जस्तो लाग्न थाल्यो !

मेलम्चीको हालत देखी भान हुने राजधानीमा
विकासले अर्को युग कुरे जस्तो लाग्न थाल्यो
विकासले अर्को युग कुरे जस्तो लाग्न थाल्यो ।।

पिता

पितामा पनि केही हुन्छ
कसैको तुलना हुन्न आमाको ममतासँग
आमाको ममता जस्तै स्नेह हुन्छ पितासँग ।।

पिताको भूमिका केही नकार्ने जब देख्छु म
पिताको योग्यतामाथि सोचेर केही लेख्छु म ।।

आमाको भूमिका हुन्न भन्ने यो हैन आशय
उनको भूमिकामाथि हुँदैन धेर संशय ।।

परेली पिरले भिज्छन् आमाका तर बाबुमा
छाती भित्रै लुकाएर राख्तछन् पिर काबुमा ।।

आमाको योग्यतामाथि किञ्चत् शङ्का म गर्दिनँ
बाबुको योग्यता बेग्लै छ भन्न पछि पर्दिनँ ।।

आमाका दशधाराले हामी हुन्छौं हराभरा
छातातुल्य पिता हुन्छन् आमा हुन्छिन् वसुन्धरा ।।

पिताले थाप्तछन् थाप्लो भाग्छन् दुर्लङ्घ्य आपदा