Skip to content

मोतीराम कालीन भाषामा गजल लेखिहेर्दा


परैबाट आँखा जुधाउँदा रहेछन्
नजानी नजानी बाेलाउँदा रहेछन् ।।

नजीकै बसेमा असल् हुन्छ भन्थे
उनी दूर बस्तै सताउँदा रहेछन् ।।

हुँदा दूर देशमा हुँदै हुन्न माया
भनेको म सुन्थें फसाउँदा रहेछन् ।।

ऊ ता खाडीका गर्मीको देशबाटै
मुटुमा निसाना लगाउँदा रहेछन् ।।

नसोचूँ भन्यो लौ धरै पाइएन
नयन आँसु धारा बगाउँदा रहेछन् ।।

म ता स्नेहले प्रेम सञ्चार गर्थें
उनी ता रगत नै चुहाउँदा रहेछन् ।।

परिवारको गर्न थालेर चिन्ता
नखाई नखाई अघाउँदा रहेछन् ।।

यता छु म एक्लै उता छन् ऊ एक्ला
तिनैले मलाई रुवाउँदा रहेछन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *