Skip to content

होम सुवेदी

कहाँ भोजराजा कहाँ गङ्गु तेली

कविताः

प्रभो माफ पाऊँ भयो भूल मेरो
थियो एक मेरै पुरानो कटेरो
गुमाएँ सबै झूटको खेल खेली
कहाँ भोज राजा कहाँ गङ्गु तेली ।।

जहाँ जे छ मेरो त्यहाँ रम्नु पर्थ्यो
नपाकी नझारी कहाँ आँप झर्थ्यो
थियो एक झुप्रो र चाहें हबेली
कहाँ भोज राजा कहाँ गङ्गु तेली ।।

भयो बोध ऐले ममा भाव छैनन्
विना भावका सिर्जना नै हुँदैनन्
कहाँ तेल होस् बालुवा मात्र पेली
कहाँ भोज राजा कहाँ गङ्गु तेली ।।

म पो योग्य त्यो के म झैं हुन्छ भन्थें
नयाँ सिर्जना तुच्छ मात्रै म ठान्थें
कता सक्नु यो हातले सूर्य छेली
कहाँ भोज राजा कहाँ गङ्गु तेली ।।

बडो स्वार्थको जालमा जेलिएँछु

कतार बसें दुबै बसें

कतार बस्थें दुबै बस्थें नेपाल बस्न सकिएन
बन्दुक बोकी भाइ मार्न जङ्गल पस्न सकिएन ।।

खानै पर्यो लाउनै पर्यो परिवार पाल्नै पर्यो
छाती माथि यसै तिखो छुरा धस्न सकिएन ।।

रात दिन घरबार धान्न धौ धौ हुँदा पनि
कसैलाई सामन्तीले जस्तो डस्न सकिएन ।।

बेइमानीको कौडो पनि खाइएन जिन्दगीमा
इमान्दारी बेची बेची तल खस्न सकिएन ।।

के गर्नु र व्यवहार चलाउनै पर्दो रैछ
थाप्ला भरि सेतो विभुत घस्न सकिएन ।।

भयो जिन्दगानी नदीको किनारा

भयो जिन्दगानी नदीको किनारा
किनारानिरैको भएँ सर्वहारा
तिमी हौ प्रभो एक यस्तो सहारा
तिमी धाम मेरा तिमी राम मेरा ।।

तिमी देवका देव हौ हे महेश
तिमीदेखि अर्काे यहाँ के छ शेष
कता छौ तिमी आज रित्तै छ डेरा
तिमी विष्णु मेरा तिमी श्याम मेरा ।।

पुकारा गरेको छु मैले सुनेनौ
सुनेकै भए फेरि केही गुनेनौ
परेछौ कि भन्ने भएको छ घेरा
तिमी चन्द्र मेरा तिमी घाम मेरा ।।

न त्यो प्रेम बाँड्यौ न सद्भाव बाँड्यौ
न त्यो दिव्य मुस्कान नै थोर बाँड्यौ
नबाँडे पनि हौ तिमी नाम मेरा
तिमी राम मेरा परंधाम मेरा ।।

नदेखेर के भो जतै छौ ततै छौ
नियाले यतै छौ नियाले उतै छौ
तिमी यत्न मेरा र आराम मेरा

देशभक्ति – २

हामी देश विकासको चरणमा सारै पछौटे भयौं
अर्काको घरमा गएर उसका मात्रै भरौटे भयौं
हाम्रा पूर्वजका बनेर नमुना यो देशमै बढ्नु छ
टेक्तै पौरख पाइला सगरको माथा छिटै चढ्नु छ ।।१।।

गैन्ती झम्पल हात हात सबले बोकेर आई जुटौं
हामी देश र देशभक्तजनको सम्मानमा लौ उठौं
यौटा साँघु बनाई उच्च युगको यात्रा छिटै गर्नु छ
बाँझै छन् सब खेत खेत गहिरो जोतेर क्यै छर्नु छ ।।२।।

मैले अम्मरसिंहका पदहरू पछ्याउनै पाइनँ
जानाजान हुँदै गए त्रुटिहरू सच्याउनै पाइनँ
चाहन्थें अँझ उच्च नागरिकका उत्कृष्टताका दिन
मैले आत्मीय भाव यो मुलुकमा बीच्छ्याउनै पाइनँ ।।३।।

हाम्रा हात वलिष्ट छन् र अँझ छन् हाम्रा कडा पाखुरा

छन्दमहिमा

म पञ्चचामरा बनूँ कि स्रग्धरा बनूँ यहाँ
कि मालिनी र स्रग्विणी कि चञ्चला बनूँ यहाँ
सकिन्न बन्न मेनका सकिन्न बन्न वाणिनी
सकिन्न बग्न छन्दमा भई कुनै पयश्विनी ।।

प्रभावती र मञ्जुला प्रभात नील मालिनी
शशीकला र मेनका कि मञ्जिरा प्रहर्षिणी
यता नरेन्द्र हारिणी छ स्रग्धरा उतातिर
म छन्दका तरङ्गमा डुलूँ कता कतातिर ।।

म धाक लाउँदै थिएँ स्वयं भएँ अचम्भित
छिटो कतै छ छन्द यो कतै छ यो विलम्बित
यहाँ छ स्वर्गको मजा भयो भने परिष्कृत
कतै छ स्वाद स्याउको कतै छ स्वाद अमृत ।।

यता म लेख्न के बसेें उता परें म द्वन्द्वमा
चलीरहन्छ छन्दकै सुवास छन्दछन्दमा
सबै वरिष्ठ पोख्त छन् सबै दुरुस्त लेख्तछन्

विरागः

यहाँ होम एक्लो परेको पर्यै छ
प्रतीक्षा कसैको गरेको गर्यै छ ।।

कुरी पर्खिदाँ साँझ नै पर्न लाग्यो
हियामा डढेलो सरेको सर्यै छ ।।

आधार मेरो

हे ईश तिम्रो रचना अपार
देखी उठ्यो एक नयाँ विचार
यो प्रश्न गर्दैछु म बार बार
मैमाथि मात्रै किन भो प्रहार ?

के सिद्धिको थोर उपाय छैन
जे गर्छु त्यो पूर्ण कतै हुँदैन
जानी नजानी हुन गो बिगार
मैमाथि मात्रै किन भो प्रहार ?

जानेर कैल्यै पनि जानिएन
राम्रो नराम्रो पनि छानिएन
संसार तिम्रो रचना अपार
मैमाथि मात्रै किन भो प्रहार ?

छोडेर अन्यत्र कता म जाऊँ
अर्को कुनै लक्ष्य कता म पाऊँ
बिग्रेछ संसार सबै सपार
यो ठाउँमा नै किन हो प्रहार ?

माया र सद्भाव कि निख्रिएछन्
मान्छे सबै खै किन बिग्रिएछन्
के तर्न सक्थें म त यो जँघार
मैमाथि मात्रै किन भो प्रहार ?

म पानी

म भूमिकै भलो हुने नवीन गीत गाउँछु
म देशका हिमालमा गएर प्रीत लाउँछु
समस्त विश्वबन्धुका कथा व्यथा सुसाउँदै
अशेष श्वेदविन्दु यै धरातिरै चुहाउँछु ! ।।३!।।

आत्मगौरव – ५

के हो याम हुँदैन ख्याल जहिल्यै धर्ती जलेको जल्यै
मात्रै लाग्दछ नित्य घाम छ यहाँ हामी गलेको गल्यै
हुन्छौं तापनि बाध्य भै स्वजनमा गर्छौं छलेको छल्यै
ठान्दा हुन् वटवृक्ष एक छ त्यहाँ पैसा फलेका फल्यै ।।

मठाधीश

कता झर्छ भन्दै न लागें पछाडि
मठाधीशकाे फेरलाई नछाडी
सफा गर्न छाडें परेकाे छ चाेट
मठाधीशकी पत्नीको पै६ीकोट ।।
(नि) काे पेटी (टि) कोट ।

न छाेराे परें वा परें वा न ज्वाइँ
नपर्दा कहाँ खेल्न पाइन्छ दाइँ
न हड्तालमा बाेक्न झन्डा गएँ म
कहाँ गर्न पाऊँ म सित्यैं रजाइँ ।।

न पार्टीहरू भित्र भर्ना भएँ म
न ‌ओछ्यानमा नै उपर्ना भएँ म
कसैकाे गरें क्यै न मैले बिझाइँ
कहाँ गर्न पाऊँ म सित्यैं रजाइँ ।।

नराखी नराखी कहाँ हुन्छ माग
नमागी नमागी कहाँ लाग्छ भाग
त्यसै प्राप्त के हुन्छ याे राइँदाइँ
कहाँ गर्न पाइन्छ सित्यैं रजाइँ ।।

यसैले पछाैटे परेकाे छु आज
छ बाेधाे भएकाे र साेझाे दिमाग

त्यसदेखि उताको कुरा भन्न सक्तिनँ ल

त्यसदेखि उताको कुरा भन्न सक्तिनँ ल
“के भो र यसरी निन्याउरो हुनु भाको ?” पत्नीले निकै पटक सोधिसकिन् खेमजीलाई । तर उनी घर फर्किएर आएपछि यत्तिकै घोरिएका छन् । बोलेका छैनन् । फेरि पनि उनले खेरिन्- “हन के भो ! किन नबोल्नु भाको ? भन्नू कुरा के हो । केही भयो कि चूप लागेर बस्ने बानी छ…..!”
निकै खेरखारपछि खेमजीका मनका कुरा बिस्तारै प्रकट भए-
“कस्तो साइतमा हिंडिएछ । अहिलेसम्म सम्झनासाथ रौं ठाडा भइरकेका छन् !”
“कुरा के हो भन्नु न त !”

संस्मरण

कस्तो अचम्म !
केही वर्षअघि कुनै एक दिनको कुरा हो । बेलुकाबेलुका हुँदै थियो । म घरमा बाहिर खाटमा एउटा कुनै किताब पढेर बसिरहेको थिएँ । यसै बेला एक जना अपरिचित व्यक्ति घरमा आउनु भो र मलाई नै सोध्नुभो—
“होम सुवेदीको घर यही हो ?”
“हजुर हो हो यही हो । भन्नुहोस् । किन होला ?”
“किन नि, अब खाएपछि तिर्न जानेको छैन । हामीले पनि व्यवसाय गर्नुपर्छ । कसरी चलाउनु यसरी चारचार महिनासम्म उधारो खाएको पैसा नतिरेपछि ?”
“मैले बुझिनँ नि कुरा के हो ?”
“किन बुझ्नु पर्यो । खै तपाईंका बुबालाई बोलाउनु त अनि बुझ्नु हुन्छ ।”
“बुबालाई ?”

व्यासको प्रशंसा

निर्मेही व्यासलाई बधाई बधाई !!
होम सुवेदी
कता के नबुन्ने कता के नबुन्ने
कमी बेसी केके कुरा मात्र उन्ने
निकै काव्य पढ्दा हुने भान यस्तो
इमाडोलका व्यासमा हुन्न त्यस्तो ।।

भए थोर के भो त्यसैमा छ भाव
जहाँ भाव हुन्नन् त्यहाँ के छ लाभ
कसैले नसोधौं कि हुन् व्यास कस्ता
इमाडोलका व्यास हुन् व्यास जस्ता ।।

विराट् तत्वको खोजमा कल्कलायौ
धरामा र आकाशका सल्बलायौ
पीडाका कतै आँसुमा टल्पलायौ
कतै स्नेह सम्वेदना चल्मलायौ ।।

छ यो एक उत्कृष्ट तस्वीर तिम्रै
र यो भव्य सत् सृष्टि तस्वीर तिम्रै
म के भन्दथें यो कहाँ चित्र मेरो
यहाँ जे छ सर्वत्र तस्वीर तिम्रै ।।

केही शृङ्गारिक मुक्तकहरु

मुक्तकः १

निहुरिएर आँगन नबढार नानी भोका आँखा पर्न सक्छन्
छुन ता के पाऊन् हेरेरै गर्नु नगर्नु गर्न सक्छन्
अलिक सतर्क भएर यो काम गर्नु नानी
तिनका कामुक अउँसाहाहरु तिम्रो छातीमा सर्न सक्छन् ।।

गफ हडताल टुक्का महिमा

गफाड्ताल टुक्का महिमा

तिनोटा मु्ख्य छन् हाम्रो चिनारीका नयाँ कडी
बयान गर्न लागें म नहेरी नाडीको घडी ।।

गफ गर्ने गफै चुट्ने पहिचान छ अग्रिम
गफाडीहरुको भिन्नै पहिले गफ गर्छु म ।

आमाले बाबु बिर्सन्छन् पत्नी छन् पति बिर्सने
हडताल भए पुग्छ बेर्थै के अरु सम्झने ।।

रुखबाट खस्यो कोही बाटो बन्द गरे भयो
लोग्ने स्वास्नी गरे लड्डी देशै भन्द गरे भयो ।।

क्षतिपूर्ति लिंदै घिच्तै दारुले पेट भर्दछौं
नेपालै मात्र के हामी विश्व नै बन्द गर्दछौं ।।

थपेर गफमा टुक्का हुक्का झैं टर्टराउँछौं
काम गर्न परैबाट छाडेर थर्थराउँछौं

गफ हड्ताल टुक्कामा गफै केही गिजोल्छु म

छन्दप्रेम

म पञ्चचामरा बनूँ कि स्रग्धरा बनूँ यहाँ
कि मालिनी र स्रग्विणी कि चञ्चला बनूँ यहाँ
सकिन्न बन्न मेनका सकिन्न बन्न वाणिनी
सकिन्न बग्न छन्दमा भई कुनै पयश्विनी ।।

स्वदेश डढ्दा इनार नख्नु

समाजलाई बदल्न सक्छौ अगाडि बढ्दा युवाहरु हो
छ उच्च यात्रा छिचोल्न सक्छौ हिमाल चढ्दा युवारु हो ।।

कडा चुनौती युवाहरुकै समीप हुन्छन् नभुल्नुहोला
छ धेर बाटो र ठेस लाग्ला समाल लड्दा युवाहरु हाे ।।

रटेर घोक्नै सिकाउँदैछन् किताब सिङ्गो पढेर मात्रै
यथार्थ भुल्ने हुँदै छ बानी किताब पढ्दा युवाहरु हो ।।

भविष्यकाे के यहाँ भरोसा अगाडिबाटै तयार गर्नू
इनार खन्ने नगर्नू धन्दा स्वदेश डढ्दा युवाहरु हो ।।

कवि गोगने अर्थात् अर्जुन न्यौपाने

गोगने
पढ्ने काम सकेर तृप्त नहुँदा बाँकी हुँदा तिर्सना
चौतारीतिर खोज्नु पर्छ कविका हज्जार छन् सिर्जना
मर्मश्पर्श गराउने र मुटुको भित्रै कता हो छुने
लेख्तै पस्किनमा सिपालु मनका लाग्छन् त्यहाँ गोगने ।।

थोरै लेख्न सिपालु छन् अझ तिखो भावार्थ नै टिप्तछन्
मानौं शब्द र वस्तुमेल छिनुले मुत्र्याउँदै खिप्तछन् ।।
यस्ता कर्मठ काव्यसर्जक यहाँ खोज्ने कतै हो भने
पाल्नोस् सज्जनवृन्द काव्यपुरमा हुन्छन् त्यहाँ गोगने ।।

भाषाको गहिराइबाट पदका गुच्छाहरु झिक्तछन्
मानौं काव्यप्रबाहको चमकमा अत्यन्त निर्लिप्त छन्
टिप्छन् भाव प्रभावका पदहरु पैल्याउँदै चम्कने

नारीदिवस

बेलुका चाँडै घर पुग्छु भन्दाभन्दै प्रवेशजीलाई घर पुग्न ढिलो भो । डराउँदै डराउँदै घरमा पसे । पस्नासाथ डाँट आइलाग्यो—
“अनि किन यति ढिलो भो आज ?” पत्नीको प्रश्न थियो ।
“फोन गर्दा कतिपटक काटेको ? बरु भ्याउँदिन भनेको भए ता हुन्थ्यो नि ! ?” उनी अझ तिखो वचनमा कड्किइन् ।
“हैन, बाइकमा थिएँ, कता उठाउनु नि बाटोमा ? तिमीले नै भनेको हैन बाइकमा हिंडेको बेला फोन नउठाउनु भनेर ?”

बात करता है

अँझ पनि भन्नेहरू भनिरहेका छन्
देशमा अन्धकार र अज्ञानताको खलिकपूर छ
कसैलाई काठमाडौं नै दूर छ त कसैलाई
चन्द्रलोकको सएर गर्ने सुर छ
खै कसरी कुरा बुझाउँ त
आफ्नो ता भाग्य खोटो