कहाँ भोजराजा कहाँ गङ्गु तेली
कविताः
प्रभो माफ पाऊँ भयो भूल मेरो
थियो एक मेरै पुरानो कटेरो
गुमाएँ सबै झूटको खेल खेली
कहाँ भोज राजा कहाँ गङ्गु तेली ।।
जहाँ जे छ मेरो त्यहाँ रम्नु पर्थ्यो
नपाकी नझारी कहाँ आँप झर्थ्यो
थियो एक झुप्रो र चाहें हबेली
कहाँ भोज राजा कहाँ गङ्गु तेली ।।
भयो बोध ऐले ममा भाव छैनन्
विना भावका सिर्जना नै हुँदैनन्
कहाँ तेल होस् बालुवा मात्र पेली
कहाँ भोज राजा कहाँ गङ्गु तेली ।।
म पो योग्य त्यो के म झैं हुन्छ भन्थें
नयाँ सिर्जना तुच्छ मात्रै म ठान्थें
कता सक्नु यो हातले सूर्य छेली
कहाँ भोज राजा कहाँ गङ्गु तेली ।।
बडो स्वार्थको जालमा जेलिएँछु

यहाँ होम एक्लो परेको पर्यै छ