भाषा कला हो म कला सजाऊँ
सजाउने गीत सधैं म गाऊँ
जस्ले पुनर्जीवन दिन्छ त्यस्मा
त्यस्तो कलाकार बनेर आऊँ ।।
हुन्थ्यो ममा भित्र नितान्त यस्तो
समुद्र उर्लेछ कि भन्नु जस्तो
लाग्दैछ यस्तो अहिले मलाई
मानौं सबै स्रोत सुकेछ जस्तो ।।
भारी भयो सिर्जनको जहाज
स्रष्टाहरू सामु परिन्न आज
हारेर हापिन्छ कि लेख्नलाई
उचाल्छु है हात म आजलाई ।।
होम सुवेदी
प्रतिभा निकुञ्जको अभ्यास ४२८ बाट
