१
सेतो धरती
अपमानित हुँदा
झरी रोकेन
२
मेरो खेतमा
धानहरूको गावा
अँझै फेरेन
३
थकित उँट
मरुभूमिको बाटो
पिठ्युँमा भारी
४
सबैले हिड्छन्
एउटै भूगोलमा
नमिल्ने बाटो
५
प्रकृति स्वयं
झन कुरुप हुन्छ
सारा पिरेर
चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर
