Skip to content

मेरो बिजोक दुनियाले देखिरा’को छ है


मेरो बिजोक दुनियाले देखिरा’को छ है
तातो हावा घामले सधैं सेकिरा’को छ है

बन्धकीमा राखी आ’को घर उकास्नलाई
पसिनाको धारा काममा बगिरा’को छ है

नसोच है विदेशमा पैसाको रुख हुन्छ
विवशताले खुसी मात्र लुटिरा’को छ है

आफ्नो देश छोडिगा’को सबै नेपालीलाई
विदेशीले हल गोरु झैं जोतिरा’को छ है

स्वदेशमै दु:ख गर सुख शान्ति मिल्छ
परदेशिंदा आँसु मात्र झरिरा’को छ है

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *