Skip to content

मनमा शान्ति हुन्न रैछ गोप्य नाता गासेपछि


मनमा शान्ति हुन्न रैछ गोप्य नाता गासेपछि
चट्टै भुल्न सकिन्न है मन मुटुमा टासेपछि

आफन्तको आँखाहरु छल गरेर हिंड्नु पर्छ
स्नेहले थाहै नपाई मनको हाँगा लासेपछि

मन परेको यात्रा रोजुँ आफन्त नै छुट्ने डर
जिन्दगी नि दोधार हुन्छ बाटो आफैं भासेपछि

धेरै कुरा ढाट्नु पर्छ एउटा झुटो सत्य बोल्न
नैतिकताको मुनाहरु आफूले नै नासेपछि

सोचे जस्तो हुन्न रैछ जिन्दगीमा कहिल्यै पनि
रातको आँसु सुके जस्तो बिहानीले हासेपछि

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *