ज्युँदै जाँदा एक्लो हुन्छु जस्तो लाग्दैन थियो
सम्झनामा तड्पी रुन्छु जस्तो लाग्दैन थियो
एकोहोरिँदै यादहरू संगाली एकान्तमा
वियोगान्त गीत सुन्छु जस्तो लाग्दैन थियो
संधैभरि सम्झनाको लहर चल्दाखेरी
माया गर्दै फोटो छुन्छु जस्तो लाग्दैन थियो
झल्झली आँखामा पाउँदाखेरि तिमीलाई
आँसुसँग व्यथा धुन्छु जस्तो लाग्दैन थियो
धेरै बर्ष पछाडि भेट हुने दिन सम्झी
खुसी हुँदै स्वप्न बुन्छु जस्तो लाग्दैन थियो
चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर
