Skip to content

ज्युँदै जाँदा एक्लो हुन्छु जस्तो लाग्दैन थियो 


ज्युँदै जाँदा एक्लो हुन्छु जस्तो लाग्दैन थियो 
सम्झनामा तड्पी रुन्छु जस्तो लाग्दैन थियो  

एकोहोरिँदै यादहरू संगाली एकान्तमा 
वियोगान्त गीत सुन्छु जस्तो लाग्दैन थियो

संधैभरि सम्झनाको लहर चल्दाखेरी
माया गर्दै फोटो छुन्छु जस्तो लाग्दैन थियो 

झल्झली आँखामा पाउँदाखेरि तिमीलाई 
आँसुसँग व्यथा धुन्छु जस्तो लाग्दैन थियो 

धेरै बर्ष पछाडि भेट हुने दिन सम्झी
खुसी हुँदै स्वप्न बुन्छु जस्तो लाग्दैन थियो

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *