धरान शहरमा
लाहुरेको घर
लाहुरेलाई पर्खिरहेछ
पर्खाइमा
लाहुरेको घर
पुरानो भएर
खुइलिरहेछ
मकिरहेछ
चर्किरहेछ
भत्किरहेछ
तर,
लाहुरे भने पराई देशमा
नयाँ घरको
आलो सम्झनाहरू बोकेर
दुनियाँलाई सलामी ठोकेर
जिन्दगी बिताइरहेछ
बिचरा!
लाहुरेलाई के थाहा
रङ उडेको आफ्नै घरको भित्तामा
लेउले रङ भर्न खोज्दा
धरान कुरुप भएको !
चाँगे: ५, ताप्लेजुङ
हाल: धरान, सुनसरी
