जिन्दगीमा म जस्तो अन्धो नहुनु
ईश्वरलाई सरापेर कहिल्यै नरुनु
संसार हेर्ने चाहना कति धेरै छ
अन्धो भइ जन्म लिनु गल्ति मेरै छ
झन दुखाउँछ आँसुले ब्यथा नधुनु
ईश्वरलाई सरापेर कहिल्यै नरुनु
एकैछिन उजेलिलाई देख्न पाए मात्रै
सिर्जनाको एउटा कुरा लेख्न पाए मात्रै
लेखिदिन्थें देखि जानी काँडा नछुनु
ईश्वरलाई सरापेर कहिल्यै नरुनु
चाँगे – ताप्लेजुङ
हाल: धरान , सुनसरी
