तिमी र म काठमाण्डौमा छुटेको साल धेरै भयो
आँसुको मुल अनायसै फुटेको साल धेरै भयो
बिदाइमा हात हल्लाई जहाज चढी उडी गयौ
विछोड हुँदा ढुक्ढुकीले कुटेको साल धेरै भयो
रंगीचंगी सपना मेरो तिमी बिना अधुरो छ
बिरसैमा रहरहरू टुटेको साल धेरै भयो
नयनभरि संधै तिम्रो छाँया मात्रै खेलिरहन्छ
एक्लोपनले मेरो आँट चुटेको साल धेरै भयो
तिमीलाई नै पर्खिराछु छिट्टै घर फर्की आऊ है
विवशताले हाँसोखुसी लुटेको साल धेरै भयो
चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर
