Skip to content

नहुर्किन्जेल तिम्रो छाती लुस्नु लुस्थें आमा


नहुर्किन्जेल तिम्रो छाती लुस्नु लुस्थें आमा
अमृतको दुइटा धारा चुस्नु चुस्थें आमा

शीतल तिम्रो छहारीमा लहरिँदा खेरी
राल सिङ्गान् तिम्रै जिउमा पुस्नु पुस्थें आमा

मेरो स्याहार गर्दा तिमी खुसी हुँदा हुँदै
टट्टी पिसाबसँग कति मुस्नु मुस्थें आमा

मलाई चित्त नबुझेर रुँदा फकाउँथ्यौ
त्यै बेलामा झनै घुर्क्याइ ठुस्नु ठुस्थें आमा

तिमीभन्दा सुन्दर स्वर्ग हुँदै नभएरै
सधैँ तिम्रो न्यानो काखमा घुस्नु घुस्थें आमा

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *