सिकन्दरलाई साधुको शिक्षा प्रेरक प्रसङ्ग

  • by


सिकन्दर महान् कैयों युद्धमा विजयी भएका थिए । उनी विश्व विजयी हुन चाहन्थे । धेरै देश जितिसकेपछि सिकन्दरले आफ्ना सेनापतिलाई आदेश दिए- “अब सुनको चरो तर्फ अघि बढ ।”

त्यसबेला दक्षिण पूर्व एसियालाई संसारले ‘सुनको चरो’ भनेर चिन्दथ्यो ।

सिकन्दरको आदेश पाउनासाथ सेनापतिले नक्सा हेरेर दक्षिण पूर्व एसियातर्फ कदम अघि बढाए । विशाल हिमालय कटेर सिकन्दरका सेनाले दक्षिण पूर्व एसियामा पाइला हाले । उनीहरू सिन्धु नदीका किनारसम्म पुगेको एक स्यानमा त्यसबेला भारतवर्षमा पौरसहरूको राज्य थियो । उनका सेनासित सिकन्दरका सेनाको घमासान युद्ध भयो । सिकन्दरका सेनाले पौरसको सेनालाई पराजित गरे । राजा पौरसलाई समेत सिकन्दरले बन्दी बनाए । दक्षिण पूर्व एसियामा सिकन्दरको यो नै पहिलो विजय थियो । सुनको चरोमाथि विजय पाएपछि सिकन्दरमा खुसीको सीमा थिएन ।

युद्ध सकिएपछि सैनिकहरू आफ्ना शिविरमा आराम गरिरहेका थिए । सिकन्दर भने आफूले विजय प्राप्त गरेका देशको सहर र गाउँ हेर्न घोडा चढेर निस्के । विजयको उन्मादले फुलेर हिंडेका सिकन्दरले विलौना गरेर रोइरहेका महिला र बालबालिकाहरू देखेर सिकन्दरलाई दया लागेन उल्टै उनी गौरव गरिरहेका थिए ।

सिकन्दरले आफ्नो घोडालाई वनको बाटो तर्फ मोडे । उनी केही अघि बढेका मात्र थिए । उनले आगोको मुस्लो देखे । उनी त्यतैतिर अघि बढे । सिन्धु नदीका किनारमा केही नाङ्गा मानिसहरू आगोमा चामल, घिउ, तिल र जौं मुछेर हातमा लिइरहेका थिए । सिकन्दर एउटा रुखका फेदमा उभिएर चुपचाप हेर्न थाले ।

जाडोको समय थियो । चिसो सिरेटो चलिरहेको थियो । त्यस्तो बेला त्यहाँका मानिसहरू नाङ्गै थिए । लाज ढाक्ने एउटा लगौंटीबाहेक शरीरमा केही थिएन । शरीरमा खरानी दलेका थिए उनीहरूले सिकन्दरलाई उनीहरूको निर्धनताप्रति दया लाग्यो । ती नाङ्गा मानिसको भलाइका लागि केही उपकार गर्ने सिकन्दरले निश्चय गरे ।

मध्यरातका बेला थियो । सिकन्दरले आफ्नो शिविरमा फर्केर सेनापतिलाई आदेश दिए- “केही न्याना कपडा र कम्मलको व्यवस्था मिलाउ । मलाई तुरुन्तै त्यसको खाँचो परेको छ ।”

न्याना कपडा र कम्मलहरूको थाक लाग्यो । न्याना कपडा र कम्मलहरू आफ्नै घोडामा लादेर सिकन्दर त्यही ठाउँमा गए । बरु होम चलिरहेको थियो । यज्ञमा आहुतिको मन्त्रोच्चारणले वायुमण्डल नै गुञ्जायमान थियो ।

सिकन्दर घोडा लिएर उनीहरूका नजिकै गए तर उनीहरूको ध्यान सिकन्दरतिर गएन । सिकन्दरले उनीहरूलाई घचघच्याएर बोलाए तर कसैले पनि उनीतिर ध्यान दिएनन् ।

त्यो देखेर सिकन्दरलाई झोंक चल्यो । त्यहाँ भएमध्येका एकजना बूढा भएतिर उनी गए । सिकन्दरले आफू उपेक्षित भएको महसुस गरे । त्यसपछि ती नाङ्गा बूढालाई घचघच्याएर सिकन्दरले भने- “सुन त, म सिकन्दर महान हुँ ।”

शरीरमा खरानी दलेका जटाधारी बृद्ध बाबाले शान्त र मधुर स्वरमा भने- भन त नवयुवक तिमीलाई म के दिउँ , तिमीलाई के चाहिँएको छ ?”

उनका प्रश्नले सिकन्दर अकमक्क परे । सिकन्दरले फेरि भने- “म तिमीबाट केही चाहन्न । म सिकन्दर महान् हुँ । यस्तो जाडोमा नाङ्गो शरीर देखेर न्याना कपडा र कम्मल ल्याइदिएको छु ।”

ती नाङ्गा साधुले सिकन्दरलाई नियालेर हेरे । अनि भने- “तिमी त्यही सिकन्दर हो जो देशहरू लुट्दै, मान्छे मार्दै विजय गरें भन्दै हिंड्छ ?” साधुले अट्टाहास गर्दै भने- “नव युवक, कुनै पनि लुटेरा, हत्यारा दानी र विजयी हुन सक्दैन ।”

साधुले सिकन्दरका आँखामा आँखा जुधाए । सिकन्दर निला काला भए । सिकन्दरले केही जवाफ दिन सकेनन् । उनी शब्द विहीन स्तब्ध बनेर उभिरहे ।

बूढा साधुले भने- “मेरा बच्चा, तिमी साँच्चै विश्व विजयी बन्न चाहन्छौ भने पहिले आफ्नो प्रेमबाट देशबासीको मन जित । तिमीले हामीलाई त केही दिनु पर्दैन, हाम्रो चिन्ता नलेऊ ।

हामी साधु सन्त हौं । हामीसित जुन कुरा बचेको छ । त्यो पनि त्याग गर्न चाहन्छौ । अब भन तिमीलाई के दिउँ ?

सिकन्दरलाई आफ्ना कानप्रति नै अविश्वास भयो । यस्तो त उनले न कहिले देखेका थिए न सुनेकै थिए । उनी उदास भए । उनले साधुलाई अभिवादन गरेर सिकन्दर आफ्नो घोडामा राति नै शिविरमा फर्किए ।

भोलिपल्ट बिहान सिकन्दर चराचुरूङ्गीको मधुर स्वर सुनिरहेका थिए । त्यसैबेला उनले निश्चय गरे अब अघि बढ्नु उपयुक्त छैन ।

सिकन्दरले बन्दक बनाएर राखेका राजा पौरसलाई मुक्त गरेर अरू मागलाई आक्रमण गर्ने, जित्ने सोच त्यागे । उनी आफ्नो देश युनान तर्फ फर्किए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *