Skip to content

प्रवासमा नेपाली भाषा साहित्यको सेवा

  • by


नेपालभित्रबाट नेपाली भाषामा प्रकाशित पहिलो पत्रिका सुधासागर -वि.सं.१९५५) हो । योभन्दा अगाडि नै प्रवासबाट नेपाली भाषामा पत्रिका प्रकाशन भएको इतिहास पाइन्छ । त्यसैले नेपाली साहित्यको श्रीवृद्धिमा प्रवासको भूमिकालाई कम ठान्नु हुादैन । नेपाली भाषाको पुरानो नाम गोरखा भाषा भएकोले मोतीरामले बनारसबाट प्रकाशित गराएको पहिलो पत्रिकाको नाम गोरखा भारत जीवन -वि.सं. १९४८ तिर) राखेका हुन् । त्यसै ताका प्रकाशन प्रारभ्भ भएको गोरखापत्र -वि .सं.१९५८) यसको अर्को उदाहरण हो । भाषा साहित्यको विकासमा महत्तम् सेवामा योगदान गर्ने उद्देश्यले स्थापना गरिएको गोरखाभाषा -पछि नेपाली भाषा) प्रकाशिनी समिति बनेपछि नेपाली भाषा विकासको क्रममा वृद्धि भयो । मोतीरामबाट श्रीगणेश भएको भाषा साहित्य सेवाको क्रम आज पनि अनेकौं मोतीहरुबाट भइरहेकोमा गर्व गर्नुपर्दछ । नेपालबाहिर बसेका नेपाली भाषा साहित्यका प्रेमीहरूबाट पनि नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा उच्च धरोहर निर्माण गर्ने काम अद्यापि भइरहेको छ ।

नेपालबाहिरका दार्जीलिङ, सिक्किम, कालिम्पोङ, आसाम, नागालेण्ड, देहरादुन आदि भारतीय भूमिबाट मात्र होइन युरोप, अमेरिका गएका नेपालीहरूले सुस्ताउने समयलाई नेपाली साहित्यको सेवामा लगाउने जुन तत्परता र समर्पण देखिएको छ त्यसको मुक्तकण्ठले प्रशंसा गर्नुपर्दछ । ती क्षेत्रबाट आज नेपाली-भाषा साहित्यको सेवा गर्ने ध्येयले जे-जति पत्र-पत्रिकाहरू प्रकाशन भइरहेका छन् ती काममा खट्ने व्यक्ति वा संस्थालाई साधुवाद दिन बिर्सन हुदैन ।

यसै प्रसङ्गमा खाडी क्षेत्रको अबु हलिफा, कुवेतमा व्यवसाय सञ्चालन गरेर बस्ने होमबहादुर क्षेत्रीले नेपाली भाषा, साहित्यप्रतिको प्रेम उहाले निकाल्नुभएको स्पन्दनमा झल्केको महसुस गर्न सकिन्छ । साहित्यानुरागी क्षेत्रीले दिनको आधा घण्टा लगानी गरेर प्रकाशमा ल्याउनुभएको ‘स्पन्दन’ आकारमा सानो भए पनि यसमा नेपालबाहेक, दार्जीलिङ, आसामजस्ता क्षेत्र मात्र होइन प|mान्स, अमेरिका, कुवेत आदि ठाउाका स्रष्टाका सिर्जनाहरूले ठाउा पाएका छन् ।

भाषा, साहित्य र संस्कृतिको उन्नयनका लागि तन, मन र धनले खट्ने सेवकहरूको टड्कारो खााचो रहेको वर्तमानमा छापा माध्यमको प्रभावकारिता अपेक्षाकृतरूपमा बढी भएको स्वीकारोक्ति यहाा प्रचुर मात्रामा पाइन्छ ।

नेपाली भाषा-साहित्यका मर्मज्ञहरू संसारका जुनसुकै कुनामा बसेका भए पनि उनीहरूबाट बेलाबखतमा भएका योगदानको उच्च मूल्याङ्कन गर्नुपर्दछ । भाषा-साहित्यको विकासका लागि सूधपा -सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान)ले भारत प्रवासबाट विगतमा भएको योगदानलाई इतिहासले स्वणर्ाक्षरमा अङ्कति गरेको छ । त्यस्तै प्रकाश कोविद, इन्द्रबहादुर राई, अच्छा राई रसिक, लीलबहादुर छेत्री, डा. जगत् क्षेत्री, डा. रामलाल अधिकारी, लक्खीदेवी सुन्दास, मोहन दुखुन, भाइचन्द्र प्रधान, ठाकुरप्रसाद गुरागाईं आदि स्रष्टाहरूले नेपाली वाणीमा प्राण भर्नमा प्रवासबाट जुन भरथेग गर्नुभएको छ, त्यसलाई कसैले अवमूल्यन गर्न सक्दैन ।

धरणीधर कोइरालाले भारत प्रवासबाट एकतन्त्री राणा र शाहहरूको निरङ्कुश शासनको जाातोमा पिसिएर रहेका नेपालीहरूमा चेतनाको विगुल फुक्नका लागि लेख्नुभएको जागरण कविता रचनाको छ दशक पूरा गरेर पनि उत्तिकै ताजा छ । अशिक्षाको अन्धकारमा रहेर पथभ्रान्त बनेका नेपालीहरूलाई सचेत पार्न कोइरालाले लेख्नु भएको जागरणको ‘जागजाग’ शीर्षक कविता आज पनि नेपालीहरूमा कण्ठस्थ बनेर रहेको यथार्थ सबै सामु छ । त्यसैको एक श्लोक पैाचो लिएर यसलाई बिट मार्न चाहन्छु ।

जाग जाग अब जाग न जाग
देश उन्नतिविशे अब लाग
घोर नीद अब ता परित्याग
भो भयो अति सुत्यौ अब जाग
देश बन्धुहरू हो उठ जाग

Leave a Reply

Your email address will not be published. Required fields are marked *