Skip to content

निस्वार्थ प्रेमी बनेर


माटोले प्राणी र बनस्पतिलाई
अस्तित्व बचाउने आधार बनिरहेको छ
जसरी निस्वार्थ प्रेमी बनेर

पहराले कत्ति विचलित नभै निरन्तर
काँधमा बोकेर बसेको छ विशाल पहाड
जसरी निस्वर्थ प्रेमी बनेर

समुद्रलाई भेट्न आतुर नदीहरू
अविरल अविराम बगिरहेका छन्
जसरी निस्वार्थ प्रेमी बनेर

कठाँड्ग्रिने चिसो हिउँलाई अंगाली
मुस्कुराइरहेका छन् ती हिमालहरू
जसरी निस्वार्थ प्रेमी बनेर

पृथ्वीको सुन्दरतामा कमी नहोस भनी
बादल वर्षा गरिरहेछ अहोरात्र खटेर
जसरी निस्वार्थ प्रेमी बनेर

सूर्य आफू जलिरहेछ
ब्रह्माण्डको मुहार उज्यालो राख्न
जसरी निस्वार्थ प्रेमी बनेर

भमरा सेचन गर्छ सुन्दर फूलहरू
पृथ्वीको सुन्दरता कायम राख्न
जसरी निस्वार्थ प्रेमी बनेर

आऊ हामी पनि यसरी नै प्रेम गरौ
एउटा प्रेम जोडीको नमूना बनौ
निस्वार्थ प्रेमी बनेर !

बाबुराम पन्थी “गुल्मेली”
तम्घास गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *