Skip to content


साँझको शीतल हावासँगै
मधुर जुनेली रातको सहारामा
माइलौ टाढाबाट
सुन्दर त्यो प्रेमको
सुवास छर्ने बगैंचामा
सधैं जस्तै ऊ
आजको रात
प्रेयसीलाई अंकमाल गर्न
अँझ भनौ ?
प्रेयसीको साथ प्रेमिल रातमा
प्रत्येक अंगहरू सिंचित गर्दै
खुल्ले आम
प्यारको तृप्ति खोज्न
हतार गर्दै
प्रेमको बगैंचामा पुग्दा
प्रेमिकाको जीवन
चुँडिएको पाँउछ
देख्छ केवल प्रेमिकाको
घर आँगनमा
उसका साथीहरू
व्याकुल छन्
सायद भोलि
आफ्नो जीवन पनि यसरी नै
यो संसारबाट चुडिने होला
युद्धमा मर्ने
निर्दोष बालकहरू जस्तै !
युद्धमा घाइते भएको सिपाही
र मन्दिरमा पूजा गर्ने पुजारीमा
के फरक रहेछ र खै ?
ऊ विक्षिप्त हुन्छ
अनुत्तरित हुन्छ
न्यायको रटान रटेर अन्याय गरिरहने
यस संसारमा न्याय नमिल्ने ठान्छ
र प्रेमीको नाममा
आत्महत्या गर्न बाध्य हुन्छ ।

बाबुराम पन्थी “गुल्मेली”
तम्घास गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *