Skip to content


छोरा कि छोरीतिरको
या त तेस्रो लिंगीतिरको?
मावली कि घरतिरको?
आमा कि बाबातिरको?
जीवनसाथी कि अभिभावकतिरको?
खै म कतातिरको?

वारि कि पारीतिरको?
तल कि माथितिरको?
पहाडी कि मधेशतिरको?
पूर्व कि पश्चिमतिरको?
गतिलो कि खरावतिरको?
तल्लो कि माथिल्लो जाततिरको?
थेप्चे कि चुच्चे नाकतिरको?
खै म कतातिरको?

दाँया कि बाँयातिरको?
दक्षिण कि उत्तरतिरको?
राष्ट्र भक्तीतिरको कि विद्रोहीतिरको?
कानेखुसी हुन्छ मेरो बारे
ऊ कतातिरको?
हामीतिरको कि उनीतिरको?
मलाई मेरो बारे थाहै छैन !
खै म कतातिरको?

मृत्युवरण हुन पुग्छ एक दिन
आर्यघाटमा छलफल चल्नेछ
मेरो लाशलाई झण्डा ओढाऊन
ऊ कतातिरको को?
काम्रेडतिरको?
डेमोक्रेटतिरको?
खै म कतातिरको?
म यतातिरको कि उतातिरको?

बाबुराम पन्थी ” गुल्मेली”
तम्घास गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *