Skip to content



म को हूँ ?
म यांहा किन छु ?
सबैले भनेको सुनेको छु
“म”
संसारको सर्वोत्तम प्राणी ?
संसाको चेतनशील प्राणी ?
मलाई लाग्दछ
मलाई जवरजस्ती “म” बनाइएको छ ।
मैलै “म” को प्रमाण खोजिरहेको छु ।
“म” बाहेक
सबै मेरो हो ।
मेरो प्राण हो
मेरो मस्तिष्क हो
मेरो मुटू हो
मेरो हात हो
मेरो खुट्टा हो
र यस्तै यस्तै सम्पूर्ण मेरो हो ।
त्यसैले ममा प्रश्न छ
“म” को हो ?
“म” को आकृति केहो ?
के मेरो शरीरको एउटै अंगको अनुपस्थितिमा
“म” को परिभाषा बदलिन सक्छ ?
भर्खर मैले प्राण त्यागे भने पनि
“म” मरेको हुने छैन !
मेरो प्राण त्याग र मेरो लाश हुने छ ।
मैले हरपल “म” खोजिरहेछु ।
त्यसो भए
के
“म” घमण्ड हो
घृणा हो
अहंकार हो
र यस्तै यस्तै धेरै हो ।

बाबुराम पन्थी गुल्मेली
तम्घास गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *