युवा नै खानी हो बुद्धि विवेक अपार त्यो शक्तिको
युवा नै छाती हो शैल सरी अटल त्यो राष्ट्रभक्तिको
युवा नै पौरखी पसिना सिंची मोती फलाउँछ माटोमा
युवा नै हो त्यो ज्यानै अर्पिने हाँस्दै यो माटोले मागेमा
युवा नै अकाट्य विकल्प हो सुन्दर राष्ट्र निर्माणको
युवा नै कोर्न सक्दछ स्वर्णिम भविष्य सुन्दर नेपालको
युवा नै सक्दछ आमूल परिवर्तनको संबाहक बन्नलाई
युवा नै सपार्न सक्छ नेपालको बिग्रिदो राजनीतिलाई
युवा नै जाऊ भेट गाँऊ वस्ती वस्तीका नेपाली ती जनहरू
युवा नै बुझ्न सक्नु पर्दछ चाहन्छन् के ती नेपाली मनहरू
युवा नै अब देख्न छाडीदेऊ विदेश पलायनका सपनाहरू
युवा नै आऊ रोपौं विरूवा आशाका आफ्नै माटोमा बरू
बाबुराम पन्थी ” गुल्मेली”
तम्घास गुल्मी
