Skip to content


पाखा भिराला चुचुरा उज्याला
छाँगा र खोल्सा छहरा उज्याला

राता पहेँला फुल छन् फुलेका
फुल्बारिमा छन् भँमरा डुलेका

लामा नदी कल्कल छन बहेका
नेपालीका साक्षि बनिरहेका

नेपालीको भाग्य यी पर्खिदै छन्
भान्से नचिनेर यी तर्सिदै छन्

रारा र फेवाहरू टल्किदै छन्
माझी नचिनेर छचल्किदै छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *