हिजो सम्मन जो थियो आज छैन।
फेरि हाम्रो भेट कहिल्यै हुदैन।
बाचुन्जेली गर्छ तेरो र मेरो।
आफ्नै ठानी बिश्व सेरो र फेरो।
आफ्ना मर्दा बरबरी आँसु झार्छ।
मर्नेलाई गोली ठोकेर मार्छ।
अजम्मरी आफू झैँ स्वाङ पार्छ।
हुङ्कार छोडी पापी मुड्की बजार्छ।
मर्ने दिनको केही पत्तो हुदैन।
डाक्टर चुक्छन औषधीले छुँदैन।
जाने काहाँ जानकारी हुदैन।
लाने कोहो कोही पनि देखिदैन।
