Skip to content


आफ्नो अनुहार देखिदैन, ऐना हेरिँदैन।
जति ऐना हेरेपनि, मुहार फेरिदैन।
अनुहारमा मैला लागे, पराईले देख्छ।
सफा पारी राखौँभने, आफ्नै नाकले छेक्छ।

आफ्नो मुहार नदेखे नी, अरुको त देखेँ।
आज सम्म जे जे देखेँ, त्यही यसमा लेखेँ।

कोही देखेँ गोरु जस्ता, कुटेपछि हिड्ने।
कोही देखेँ साँडे जस्ता, डुक्रिने र भिड्ने।
कोही मान्छे कमिलाझैँ, काम गरी बाँच्ने।
कोही देखेँ माहुरीझैँ, मह मात्रै साँच्ने।

कोही देखेँ बिरालो झैँ, ढुकी मुसा मार्ने।
कोही देखेँ बाँदरजस्ता, नास मात्रै पार्ने।
कोही फुल्ने भकुण्डो झैँ, केहि चिज पाए पछि।
धुरुधुरु रुन थाल्ने, दुख पाए पछि।

अरुलाई माखो ठान्ने, आफूलाई हात्ती।
सधैँ पूजा गर्नु पर्ने , खोजी फूल पाती।
कोही गर्ने फाईफुट्टी, अघिअघि जाने।
बिनापैसा पायो भने, अलकत्रै खाने।

आजलाई यत्ती लेखेँ, लेखूँला नी फेरी।
फूर्सद मिल्ला कुनै दिन, पर्खि बस्ता खेरी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *