एउटै आकृति हो तथापि किनहो ब्याख्या अनेक आउँछ।
एउटाले भूत देख्छ तेही चिजमा कोहि देबता पाउँछ।
एउटा पुज्दछ फूलले अबिरले अर्को घिनाउँदछ।
आ-आफ्नो गुण दृष्टिबाट दुनियाँ संसार अर्थ्याउँछ।
एउटा ठान्दछ पाप सोही अरुका संस्कारमा पर्दछन्।
एउटै कानुनलाई बिज्ञहरुले ब्याख्या फरक गर्दछन्।
अन्तिम सत्य कुनै रहेनछ यहाँ हेराइ मात्रै रहेछ।
मृत्यूलाई पनि फरक नजरले छुट्टै बयान गर्दछ।
बास्ना पाउँछ कोही कोही त्यसमा दुर्गन्ध भेट्टाउँछ।
काँडाघारी भनेर हेप्छ त्यसमा कोमल गुलाफ पाउँछ।
