Skip to content

चौरासी पछिका बूढाबूढी पनि स्याँस्याँ गरी हिड्दछ्न्।
खोज्छन केही मिल्यो कतैतिर भने सारै खुशी मान्दछन्।
ओछ्यानमा थलिएर दिनहरु गनी बस्नु परेता पनि।
एकछिनमै उडी सास जान्छ कि भनी पर्खी बसेता पनि।

गर्छन् लोभहरु अनेक तरहका नासिन्छ कि क्यै भनी।
आयो कोही नजिक भने खुशी हुने ल्यायो कि केही भनी।
भोलि जानुछ छोडी सब चिजहरु जेजे भएता पनि।
जानेरै पनि तीर्सना रहिदिने कस्को खटन हो त नी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *