धनको मुख रातो हुन्छ भन्नुहुन्थ्यो हजुरबाले।
हो की क्या हो हिजो आज त्यस्तै त्यस्तै देख्न थालेँ।
गरीबको रातो मुख धन पैसा नहुनाले।
ब्यापारीको रातो मुख उधारोमा गैदिनाले।
आसामीको रातो मुख ब्याजमा स्याज जोडिनाले।
साहुजीको रातो मुख साँहु समेत छोडिनाले।
साझेदारको रातो मुख भागबण्डा नमिल्नाले।
साथीभाइको रातो मुख लुछाचुडी भैदिनाले।
ठेकेदारको रातो मुख नाफा धेरै नहुनाले।
मजदुरको रातो मुख ज्याला धेरै नहुनाले।
नेताजीको रातो मुख अवसर दिन नसक्नाले।
अर्दलीको रातो मुख ठेक्का पट्टा नमिल्नाले।
कमाउनेको रातो मुख बढाउने ठाँऊ नपाउँनाले।
नहुनेको रातो मुख खायो भन्ने औडाहाले।
वरिपरि जता हेर्छु राता मुख देख्न थालेँ।
शंझनाभो त्यही कुरा ठीक भनेछन् हजुरबाले।
