Skip to content


हिमालबाट उम्रेका नदी तराई झर्दछन्
गाऊँमा खोला बेशीमा नदी सिँचाइ गर्दछन्
छहरा बनी बगेका नदी हिराका खानी हुन्
प्रयोग गर्ने हिम्मत भए ऐश्वर्य दिने छन्

अरुण, तमोर, दुधकोशी, लिखु, खिम्तीको पानीमा
सुनकोशी, तामाकोशीको पानी मिलाउन सकेमा
त्रिशुली, सेती, गण्डकी, काली, मर्स्याङ्दी फुलेमा
राप्ती, बबई, कर्णाली, भेरी, बडीगाड खुलेमा

नदीको शक्ति एकत्रित गरी तारले जोडेमा
नेपाल आफैँ टल्किन्थ्यो होला बिजुली छोडेमा
तिलिचो, रारा, फोक्शुण्डो, फेवा, च्छोरोल्पा सिँगारी
झिलमिल पारी देखाउन सके के हुन्थ्यौँ भिखारी

पृथ्वीभित्र सुनका खानी फलामका भकारी
उत्खनन गरी फिजाउन सकेभरिन्थे भकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *