Skip to content

पूर्बपट्टी उज्यालोको फिलुङ्गो देखिदै गयो।
गाउँघरमा भयो चल्मल निद्रा हराउँदै गयो।
बास्न थाले चराहरु हराए जुनकिरीहरु।
धन्दा गर्न जुटेका छन् घर-घरका गृहिणीहरु।

डोकानाम्ला सबै जागे हसिँया-खुर्पा पनि उठे।
कोदाला र हला ब्युँझे आ-आफ्ना काममा जुटे।
जाँतो-ढिकी सबै जागे दैनिकी सुरु भैसक्यो।
गाई-भैँसी सबै ब्युँझे उज्यालो छ्याङ्ङ भैसक्यो।

ऐले पनि सुत्या होलान् सहरका गृहिणीहरु।
ब्युँझेहुन् भिडियोहरु टी भी का सिरियलहरु।
कम्प्युटरहरु जागेहुन् जागेहुन् फिल्महल हरु।
होटल ब्युँझीसके होलान् सुतेहुन् डान्सबारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *