Skip to content

बावुको तिथी बिर्सिएँ,
अनी कबै शम्झिन्न आमा कन।
आफ्नाको कसरी म
अशंझनु तिथी आफ्नु पनि जानिन।
तिम्रो जन्म तिथी छ कन्ठ मनमा बिर्सिन सक्थेँ कहाँ।
बिर्सेला भनी बर्ष दिन अघिनै लेख्या छु पात्रो महाँ।

अम्मरछौ तिमी आज सम्म जगमा कङ्सादि
को बध गरी।
अत्याचारी र क्रुर शासकहरु मासेर रज्गज गरी।
ती निर्धा निमुखाहरु सँग मिली,अन्याय निर्मुल गरी।
राख्यौ किर्ती जगत भरी जहीँतहीँ नमेटिने छापसरी।

तिम्राझैँ गरी छाप बन्न
म पनि तम्सेँ अलिबार
यहाँ।
ताल सुर केही मिलेन
बादल सरी घुन्दैछु नेपालमा।
पापी कङ्सहरु सबै जीबीत छन,मारेँ निमुखाहरु।
छोयो लोभ र पापले
अनि म नै कङ्सै बनेछु
बरु।

तिम्रो यो शुभ जन्मको तिथी महाँ गर्छु म यो कामना।
सेवा मानिसको गरेर जिउने बुद्धि पलाओस
ममा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *