नसोध केछ गाऊँमा सबै त्यतै शहरतिर।
नखोज फिर्न गाऊँमा छ के र गाऊँ घरतिर।
बुढाबुढी त गाऊँमा युबा हरु शहरतिर।
लडाकू मात्र गाऊँमा लिडर पसे शहरतिर।
गरीब मात्र गाऊँमा धनी पसे शहरतिर।
बिरामी मात्र गाऊँमा इलाज सबै शहरतिर।
म सुस्त मात्र गाऊँमा चतुर पसे शहरतिर।
म मूर्ख मात्र गाऊँमा बिद्वान् पसे शहरतिर।
झुपडी मात्र गाऊँमा महल छन् शहरतिर।
हिलो धुलो छ गाऊँमा सफा छ कि शहरतिर।
नसोध केछ गाऊँमा सबै त्यतै शहरतिर।
नखोज फिर्न गाऊँमा छ केर गाऊँ घरतिर।
