Skip to content

मेरो चलचित्रमा (गजल)


मेरो चलचित्रमा नायिकाले नायकलाई रुवाउँछ
अरे यार यहाँ नालायकले लायकलाई रुवाउँछ

आएर वसन्तभरि गीत गाएर, र स्वर सुनाएर
कोइलीले पनि स्वरसम्राट गायकलाई रुवाउँछ

यो नाटक हो या ब्यपार कि खेल वा राजनीति हजुर
एकले अनेकलाई हसाउँछ अनेकले एकलाई रुवाउँछ

जिन्दगीभर जस्लाई उनीहरुले हात समाएर डोर्याए,
तै सन्तानलेपछि गएर त्यि साहयकलाई रुवाउँछ

हाँस्छ यो पत्थर हो ईश्वर, रुने त यहाँ ती फूल मात्र हुन
यी आसुहरुले पनि केबल ती पीडादायकलाई रुवाउँछ

काटेर नक्कली पखेटा लगाएर यी जाली मान्छेहरू
आकाशमा बिचरा वायुचराको प्रबेगलाई रुवाउँछ

रगत हो ऊ तर नेपालआमाको कस्तो कपुत हो उ?
देशलाई रुवाउँछ कैले बुद्धको बुद्धीविवेकलाई रुवाउँछ

मेरो चलचित्रमा नायिकाले नायकलाई रुवाउँछ
जस्तो कि कुनै नालायकले लायकलाई रुवाउछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *