Skip to content

यो मौसम मदहोस छ


यो मौसम मदहोस छ
वा वातावरण बेहोस छ

तिमीले छाडेपछि के छैन यहाँ?
यो पानी पनि रोसरोस आक्रोश छ
यो मौसम मदहोस छ………….

शहीदले आफ्नै स्वास्नी नासो दिएरै गयो
त्यही भएर त हत्याराहरूको मोज छ
यो मौसम मदहोस छ…….

यार तिमी जिन्दगीभर भगवान खोजिरह्यौ
तर त्यो चन्द्रमामा पनि त खोट छ
यो मौसम मदहोस छ…………

गरिब वास्नाहरुले बडादशैं मनाइरहेछन्
छिमेकीकोमा विशाल भोज छ
यो मौसम मदहोस छ………

म जिन्दगीभर घर बिर्सिन बाहिर नोस्किए,
अफसोच हावा रहेछ याद सर्फरोज छ
यो मौसम मदहोस छ………………

क्यामेरामा अन्धकार त कैद गरियो,
कारागारमा भने घाम निर्दोष छ
यो मौसम मदहोस छ………..

ऊ आकाशका ताराहरू झार्दिन्छु भन्छ ऊ
हातकै फुलहरू टिपेर दिने कहाँ जोस छ?
यो मौसम मदहोस छ…………………

आमाबुवा दुखीडुलुवा यसर्थ बनिरहे कि,
मनमा ब्रह्माण्ड भन्दा पनि ठुलो बोझ छ

यो मौसम मदहोस छ
वा वातावरण बेहोस छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *